‘अहिलेको सरकार भारतसँग एक शब्द बोल्दा चार पटक चश्मा मिलाउनुपर्छ, पाँच पटक दौरा तान्नुपर्छ’


२३ कार्तिक २०७४, बिहीबार

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारतसँग कुरा गर्न डराएको बताएका छन् । बिहिबार बिहान काठमाडौंको क्षेत्र नम्बर ४ मा एमाले उम्मेदवार राजन भट्टराईको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाको आलोचना गरेको हो ।

kp oli chairman of cpn uml 1
ओलीले सिमा नाकामा समस्य भएपनि देउवाले भारतसँग कुरा गर्न डराएको बताए । उनले नाकामा हजारौं ट्रक र ट्यांकरहरु रोकिएको बताउँदै देउवाले यसबारे भारतीय राजदूतसँग कुरा गर्ने हिम्मत नभएको तर मधेसमा गएर भारतीयलाई नागरिकता दिन संविधान संशोधन गर्छु भन्दै भाषण गरेको आरोप लगाए ।
उनले देउवाले भारतसँग कुरा गर्न नसकेकै कारण सीमा नाकामा समस्या देखिएको ओलीको आरोप छ । ‘भारतसँग एक शब्द बोल्नुर्पयो भने ४ पटक चश्मा मिलाउनुपर्छ, ५ पटक दौरा तान्नुपर्छ,’ ओलीले भने, ‘उहाँ भन्न सक्नुहुन्न, भन्ने मात्रै हो भने त्यो लाइन खुल्थ्यो तर, राजदूतसँग पनि भन्ने हिम्मत पनि छैन, कठैबरि !’
मधेसका जनताको लागि संविधान संशोधनको जिम्मा एमालेले लिने भन्दै ओलीले पारिपट्टीको लागि संविधान संशोधनको जिम्मा देउवाले लिएको हुन सक्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीले बोर्डवारी भाषण गर्नुभयो तर पारिपट्टीको महिनौंको लाइन छ ।’

 

अध्यक्ष ओलीले लोकतन्त्रबारे कांग्रेसले कम्युनिष्टहरुसँग जोडेर फैलाएको भ्रम गलत भएको बताए । बाम गठबन्धन सम्बृद्ध नेपाल निर्माणका लागि नै बनाइएको बताए । ‘हामी लोकतन्त्रका लागि लडेका हौ, पिठ्यु फर्काएर भागेका हैनौ, हामी लोकतन्त्रका लागि आधा शताब्दी लड्दा भुमिगत भएर बस्नेले हामीबाटै लोकतन्त्र खतरा छ भन्नु कति हास्यासपद हो ? हामी लोकतन्त्रका लड्दा वेलायतमा पिज्जा खाएर बस्नेहरुले अहिले लाकतन्त्रको चिन्ता गर्न सुहाउदैन । ’
ओलीले प्रधानमन्त्री देउवालाई चटकेको संज्ञा पनि दिए । भने ‘नेपालजस्तो पुन्य र ज्ञान भुमिमा चटकेले शासन गरिरहेका छन् । यो कति सुहाएको छ तपाएहरु नै मुल्यांकन गर्नुस ।’
ओलीले अव स्मार्ट भिलेज बनाउन स्मार्ट नागरिक हनुपर्ने भन्दै त्यसका लागि बाम गठबन्धनले अघि सारेका योजना कार्यन्वयन गर्न जरुरी रहेको बताए । उनले अव जागरणको युग सुरु भएको भन्दै शहीदहरुका सपना पुरा गर्न र नेपालको सम्बृद्धिमा सवैको साथ जरुरी रहेको बताए ।
कार्यक्रममा एमालेका उम्मेदवार राजन भट्टराई प्रतिनिधि सभा सदस्यको लागि मात्र नभएको बताए । उनले भट्टराईलाई परराष्ट्र मन्त्रीको रुपमा प्रस्तुत गर्दे युवा र अन्तर्रा्ष्ट्रिय सम्बन्धको विज्ञ भएकाले सामान्य सांसदमात्र बनाउन पार्टीले टिकट नदिएको नभएको बताए ।
‘राजन भट्टराईलाई तपाईंहरुले चुनाव जिताएपछि चाबहिलबाट संसद, संसदबाट चाबहिल फर्किनमात्र टिकट दिएको होइन,’ ओलीले भने, ‘उहाँ विदेश मामिलाको प्रखर विज्ञ हुनुहन्छ, माधव नेपाल प्रधानमन्त्री हुँदा विदेश मामिला सल्लाहकार बन्नुभयो, मेरो पालामा त विदेश नीति नै बनाउनुभयो, अब बुझ्नुस् उहाँको भूमिका अबको सरकारमा के हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७