एकै जिल्लाका दुई किशोरीमाथि सामुहिक बलात्कार


४ भाद्र २०७५, सोमबार
rape

चितवन, ४ भदौ । चितवनका छुट्टा–छुट्टै स्थानमा दुई किशोरी सामुहिक बलात्कारको शिकार बनेका छन् ।

rape

प्यूठान जिल्ला घर भई हाल भरतपुर–११ मा बस्दै आएकी १७ वर्षीया किशोरीलाई गएको साउन ३० गते सामुहिक बलात्कार गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ । बलात्कारको आरोपमा भरतपुर महानगरपालिका– ११ का २० वर्षीय आकाश थापा, वडा नः २९ का ३५ वर्षीय अर्जुन विक, नवलपुर गैंडाकोट नगरपालिका–४ का २१ वर्षे युवराज सारुमगर, सोही नगरपालिका वडा नः २ का १९ वर्षीय सैन्थिल धिमाल, र अर्का १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरु भरतपुरको एक पानी उद्योगमा काम गर्ने युवाहरु हुन् । घटना साउन ३० गतेको भए पनि पीडितका आफन्तले भदौ १ गते मात्र प्रहरीमा जाहेरी दिएको प्रहरीले जनाएको छ । अदालतबाट म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको छ ।

यस्तै चितवनकै माडी नगरपालिकामा १५ वर्षीय एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ ।
बलात्कारको आरोपमा प्रहरीले माडी नगरपालिका–३ का २३ वर्षे रामप्रताप महतो र सोही स्थानका २४ वर्षका नवराज महतोलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालमा बलात्कारीलाई मृत्यु दण्डसम्मको सजाय माग भइरहेका बेला बलात्कारका घटना घट्नुको सट्टा बढिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७