पूर्वराजदूत झा हत्या प्रकरणमा थप दुई पक्राउ


४ भाद्र २०७५, सोमबार
keshav

काठमाडौं, ४ भदौ । फ्रान्सका लागि पूर्व राजदूत केशव झाको हत्या प्रकरणमा सोधपुछका लागि प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौंको बबरमहलस्थित निजी निवासमा भएको पूर्वराजदूत केशव झा हत्याको अनुसन्धानको क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखालले झाको निवासमा कार्यरत् कुक सानु तामाङ र दुई जना मालीलाई नियन्त्रणमा लिएको हो ।

यसअभि महाशाखाले सुरक्षा गार्ड सानु तामाङलाई नियन्त्रणमा लिई प्रहरीले प्रारम्भिक सोधपुछ सुरु गरेको थियो ।

झाको पारिवारिक स्रोतका अनुसार तामाङ ७ वर्षदेखि त्यहाँ कार्यरत् थिए भने दुई जना माली भने हप्तामा दुई र तीन दिन सरसफाइका लागि आउने गरेको स्रोतले बताए ।

८० बर्षीय झाको टाउको र घाँटीमा गहिरो चोट लागेकोले प्रहरीले उनको मृत्युलाई हत्या बताएको हो ।
झाका छोरा–बुहारी शनिबार मात्र आयरल्याण्ड गएका थिए भने छोरी पनि नेपाल बाहिरै छिन् । उनीहरु दुवै चिकित्सक हुन् ।

परराष्ट्र सेवामा ३४ वर्ष विताएका झा फ्रान्सका लागि नेपालका पूर्व राजदूत हुन् ।

याे पनि पढ्नुहाेस्

पूर्व राजदूत केशव झाको आफ्नै घरमा हत्या 
नजिकबाट हत्या गरिएका पूर्व राजदूत झा, जसले राजा वीरेन्द्रलाई एशिया भ्रमण गराएका थिए
पूर्व राजदूत झाको छोरा–बुहारी विदेश हिंडेकै दिन हत्या, सुरक्षागार्ड तामाङ नियन्त्रणमा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७