एमाले र प्रजापरिषद् पार्टीबीच एकीकरण


२३ कार्तिक २०७४, बिहीबार
uml and Praja parisad 2

काठमाडौं : नेकपा (एमाले) र नेपाल प्रजापरिषद् पार्टीबीच एकीकरण भएको छ । बिहिबार चावहिलमा आयोजित कार्यक्रममा एमाले र परिषद्बीच पार्टी एकीकरण गरिएको  भएकाे हाे ।

uml and Praja parisad 2एमालेका अध्यक्ष ओली र प्रजापरिषद्का कार्यवाहक अध्यक्ष गोविन्दप्रसाद दुलालले दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकीकरण भएको घोषणा  गरे ।  शहीदको सपना पूरा गर्न र राष्ट्रियताको संरक्षण गरी लोकतन्त्रलाई बलियो बनाउन, स्वतन्त्रता र स्वाभिमानको अनुभूति गराई राष्ट्रको सर्वाङ्गीण विकास गर्नका लागि दुई पार्टीबीच एकीकरण गरिएको सहमतिपत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा अध्यक्ष ओलीले विकास र समृद्धिका लागि एमालेबाहेक अरु कुनै पार्टी नभएको दाबी गरे । उनले एमालेसँग मुलुक समृद्ध बनाउने योजना र संकल्प रहेकाले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका बहुमतसहित विजयी गराउन आग्रह गरे।

uml and Praja parisad 1

कार्यक्रममा परिषद्का कार्यवाहक अध्यक्ष दुलालले एमालेले राष्ट्रप्रति देखाएको अडानका कारण आफूहरु समाहित भएको बताए ।

प्रजापरिषद् विसं ‘१९९३ मा स्थापना भएको पुरानो पार्टी हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७