म धन्य भएँ


५ भाद्र २०७५, मंगलवार
रोशनी राई स्पॉर्क्लिंग

रोशनी राई (स्पार्किङ्ग)
हाल : जापान

रोशनी राई स्पॉर्क्लिंग

मलाई अथाह जीवनको रङ्ग भरी
सुन्दर बनाउने साहस भरिदिएका थियौं
सुनमा सुगन्ध भर्ने
महान कार्यमा सम्मिलित गराएका थियौं
नव रङ्गझै फूल्ने असीम आस्थामा
जगमगाउन लगाएका थियौं
धिरज गरी सरगम बनि
अटल हिमालझैं उभिने धैर्यताले सजाएका थियौं
….
आँधी र हुरी
दुःख र कष्ट
झरीं र बादल
आँशुका वर्षा
उकाली र ओराली
आरोप र प्रत्यारोप
जलन र तड्पन
सबै मलाई
प्यारो बनाएर सहन सिकायौं
कहिले नढल्ने चोमोलुङ्मा जस्तै
कहिले नसुक्ने गंगाजलझै
कहिले नमर्ने संजीवनी बनि
कहिले नअस्ताउने सूर्य (रोशनी) झै बनि
कहिले अन्याय नगर्ने प्रकृति बनि
मैले सबैलाई जित्न लगाएँ
स्वतन्त्रताको पाठ सिकाए
म टाढा भएर प्रेमको अनुभूति दिलाए
ममाथि बर्सेको लाठ्ठी
अरुको प्रहार सहेर
प्रतिकार बिनाको जीवन जीउन सिकाएँ
कसले कति बुझें
कसरी यात्रालाई बुझे
आखिर केका लागि बुझे
म दोहोरो प्रश्न–उत्तर बिना
प्रेमको सन्देश बुझने मौका पनि दिलाएँ
पूजापाठ, आराधनाको
मैले पालना गर्दा अरुसँग हारेको अभिनय गरी
सबैलाई खुुशी दिलाएँ
एकरती मेरो ओठको मुस्कान
खेर जान नदिएर
मौनतामा स्वीकार गरी
अनुभूति पनि दिलाएँ
मनका हरेक हिस्सा
सपनाका संसार सबै–सबै सिकायौं
२०१७ अब म धन्य भए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७