प्रदेश–१ मा बुधबार सार्वजनिक विदा, यसपल्ट प्रदेश सरकारको निर्णय पालना होला ?


५ भाद्र २०७५, मंगलवार
pradesh 1 1

मोरङ, ५ भदौ । प्रदेश–१ मा बुधबार सार्वजनिक बिदा हुने भएको छ । इस्लाम धर्मालम्बीहरूको पर्व बकर इदको अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।

pradesh 1 1

प्रदेशको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि आदिवासी जनजाति दिवसमा पनि प्रदेश सरकारले सार्वजनिक विदा दिएको थियो ।

तर, स्थानीय सरकारी कार्यालयले विदाका दिन पनि कार्यालय खोलेका थिए । सरकारी कार्यालयले प्रदेश सरकारको निर्णय पालना नगरेको भन्दै यस विषयले राजनीतिक बहस समेत सिर्जना गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७