राजनीतिक संरक्षणमा हुने अपराध निमिट्यान्न पार्छु : काठमाडौं प्रहरी प्रमुख


५ भाद्र २०७५, मंगलवार
lama 1

काठमाडौं ५ भदौ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले आफ्नो स्वभाव चुनौतीबाट पन्छने खालको नभएको बताउँदै काठमाडौंको शान्ति सुरक्षाका लागि जुनसुकै कदम उठाउन पनि बाँकी नराख्ने बताएका छन् ।

lama 1

प्रहरी प्रमुख लामाले काठमाडौंमा शान्ति सुरक्षाका वाधक तत्वहरु आफूलाई जानकारी रहेको बताउँदै असहजता सामना गर्न तयार भएरै काठमाडौं प्रहरी प्रमुख भएको दावी गरेका छन् । उनले सर्वसाधरण नागरिकले राजनीतिक संरक्षणमा अपराधका घटना बढिरहेको गुनासो गर्ने गरेको बताउँदै राजनीतिक संरक्षणमा हुने अपराधलाई निमिट्यान्न पार्न आफूले कुनै कसर बाँकी नराख्ने दावी गरे । पाँच दिनअघि काठमाडौंको सुरक्षा कमाण्ड सम्हालेका उनी अब्बल अनुसन्धान अधिकृतका रुपमा चिनिन्छन् ।

सरकारले गठन गरेको सुन तथा सनम शाक्य हत्या अनुसन्धान टोलीका वरिष्ठ सदस्य लामाले राजनीतिक संरक्षणमा हुने अपराधविरुद्ध आफ्नो कार्वाही लक्षित रहेको बताएका छन् । उनले व्यावसायिक अपराधीहरुको सूची बनाएर कार्वाही थाल्नेदेखि काठमाडौंबासीलाई सुरक्षा प्रदान गर्नेसम्म प्रतिवद्धता ब्यक्त गरेका छन् । एसएसपी लामाले आफू शक्तिकेन्द्रमा विश्वास नगर्ने बताउँदै भने, ‘प्रहरी संगठनले दिएको दायित्व पूरा गर्न आएको हु ँ। चुनौतीलाई सामान गर्न पछि हट्दिनँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७