खुल्ला सार्वजनिक स्थानको संरक्षण गर्दै कामपा


५ भाद्र २०७५, मंगलवार
kathmandu Metro P4rarKAhMt

काठमाडौं, ५ भदौ । काठमाडौं महानगरपालिकाले आफ्नो सबै वडामा रहेको खुल्ला सार्वजनिक स्थानको पहिचान र संरक्षणको कामलाई अघि बढाएको छ ।

kathmandu Metro P4rarKAhMt

३२ वडा रहेको कामपामा हालसम्ममा वडा नं ३, २९ र ६ मा रहेको सार्वजनिक जग्गाको पहिचान भइसकेको छ । वडा नं ३ मा १५ रोपनी, ६ मा १० रोपनी र २९ मा ९ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको कामपा भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनीयर रामबहादुर थापाले जानकारी दिए । उनका अनुसार तीन वडाका जग्गालाई संरक्षण र सबैको पहुँचमा ल्याउन बगैचा निर्माणको लागि डिजाइनको काम भइसकेको छ । अन्य वडाको जग्गा पहिचान गर्न तीन महिनाअघि कामपाका प्रमुख विद्यासुन्दर शाक्यले वडा अध्यक्षलाई निर्देशन दिएका थिए ।

थापाका अनुसार कामपाको सबै वडामा खुल्ला सार्वजनिक जग्गा रहेको छ । ती सबै जग्गाको पहिचान गरी प्रयोगमा ल्याइने कामपाको योजना छ । कामपाले चालु आर्थिक वर्षमा सार्वजनिक जग्गा पहिचान र संरक्षण गर्न तीन करोड विनियोजन गरेको छ । यसअघि केही सार्वजनिक जग्गामा व्यक्तिगत व्यवसाय सञ्चालन हुँदै आएको थियो । कतै टहरा बनाएर नागरिकले जीवन गुजारिरहेका थिए । अब ती सबै सञ्चालन भइरहेका व्यवसाय र टहरा हटाइ सामूहिक प्रयोगमा ल्याइने कामपाको भनाइ छ ।

कामपाले चालु आव २०७५÷७६ को लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । भौतिक पूर्वाधार निर्माण गर्न चालु आवमा चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७