अध्यक्षमा युवा नेता भुसाल सिफारिस भएपछि कार्यकर्तामा खुसीयाली


५ भाद्र २०७५, मंगलवार
pitambar bhusal

अर्घाखाँची, ५ भदौ । समाज प्रेमी तथा युवा नेता पिताम्वर भुसालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँचीको अध्यक्षमा सिफारिस भएपछि नेता कार्यकर्ताहरुमा खुसीयाली छाएको छ । त्यागी, इमान्दार, सहयोगी र निष्ठावान नेताको रुपमा परिचय बनाएका भुसालको नाम अर्घाखाँचीबाट सर्वसम्मत सिफारिश भएका हुन् ।

उनले नेकपाको नेतृत्व गर्ने भएपछि पार्टीको तल्लो तह सम्मका कार्यकर्तामा उत्साह थपिएको छ । उनलाई भेटेरै बधाइ दिन कार्यकर्ता गाउँगाउँबाट सन्धिखर्कमा रहेको पार्टी कार्यालय आउन थालेका छन् । भने सामाजिक सञ्जालमा बधाइ दिनेहरु दिन प्रतिदिन बढिरहेका छन् ।

त्रिभुवन विश्व विद्यालयबाट समाज शास्त्रमा स्नातकोत्तर गरेका भुसालको आगमनले पार्टी बौद्धिक दिशामा अग्रसर हुने अधिकांशको बुझाई छ । २०५४ साल देखि निरन्तर जिल्ला कमिटीमा रहेर काम गरेका भुसालले पार्टी संगठन निर्माणमा ठूलो योगदान पुर्याएको नेकपाका नेता, कार्यकर्ता बताउँछन् । उनी तत्कालिन एमालेमा पछिल्लो समय जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुखको जिम्मेवारीमा थिए ।

२०५४ सालमा २५ वर्षको उमेरमा तत्कालिन जिल्लाको बाँगी गाविसको अध्यक्ष बनेका थिए । भुसालले कुशलता पूर्वक जनप्रतिनिधिको भूमिका निर्वाह गरे थियो । उनी अध्यक्ष बनेपछि बाँगीको विकासले गति समेत लिएको थियो ।

अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका भुसाल २०४७ सालमै बाँगी एमालेको संस्थापक प्रमुख, इलाका सदस्य, उपसचिव हुदै इलाका प्रमुख बनको थिए । जिल्ला कमिटीमा आएपछि विद्यार्थी इन्चार्जको जिम्मेवारी समेत सम्हालेको थियो ।

०६७ देखि ०६९ सम्म एमाले क्षेत्रीय कमिटी क्षेत्र नं. १ को अध्यक्ष बनेका भुसालले हरेक निर्वाचनमा पार्टीका उम्मेद्वारलाई सहयोग पुर्याउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७