निर्मला हत्या प्रकरण : स्थानीयकाे नक्कली अभियुक्त सार्वजनिक गरेको भन्दै प्रदर्शन, प्रहरीकाे दिलीप विष्ट नै दोषी दावी


६ भाद्र २०७५, बुधबार
download 6

काठमाडाैं, ६ जेठ । 
भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त १० साउनमा साथीको घरबाट फर्किंदै गर्दा बलात्कृत भएकी थिइन् । बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव बाटो छेवैको उखुबारीमा भेटिएको थियो । तर, लामो समयसम्म अनुसन्धानमा बेवास्ता देखाएको प्रहरीले चर्को दबाबपछि नक्कली अभियुक्त सार्वजनिक गरेर घटना सामसुम पार्न खोजेको पीडित पक्षको गुनासो छ । उनीहरूले वास्तविक दोषी सार्वजनिक गर्न माग गरेका छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।

बालिकाका वास्तविक हत्यारा सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा धर्ना, हस्ताक्षर र रिले अनसन मंगलबार पनि जारी राखेका छन् । आमा समूह, महिला अधिकारकर्मी र नागरिक समाजले आ–आफ्नै तरिकाले आन्दोलन जारी राखेका हुन् । नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारी नेतृत्वको समिति जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूलगेटमा रिले अनशनमा छ ।

प्रहरी भन्छ स् दोषी दिलीप विष्ट नै हो
कञ्चनपुर प्रहरीले भने निर्मलाका हत्यारा दिलीप विष्ट नै भएको दाबी गरेको छ । सिआइबी, प्रादेशिक, जिल्ला र स्थानीय प्रहरीको प्रारम्भिक अनुसन्धानबाट निर्मलाका हत्यारा विष्ट नै भएको खुलेको कञ्चनपुर प्रहरीको दाबी छ । आफ्नै भिनाजुको हत्या गरेर जेल सजाय भुक्तान गरेका विष्टले निर्मलाको बलात्कारपछि हत्या गरेको प्रहरीले सार्वजनिक गरिसकेको छ । प्रदर्शन र नाराबाजीले अनुसन्धानमा समस्या हुने भन्दै प्रहरीले प्रदर्शन रोक्न आग्रह गरेको छ । कञ्चनपुर प्रहरीले विष्टलाई थप अनुसन्धानका लागि अदालतबाट १० दिनको म्याद थप गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७