हामीले पञ्चायत फाल्दा देउवा लण्डनमा पाउरोटी र जाम खाँदै हुनुहुन्थ्यो : ओली


२३ कार्तिक २०७४, बिहीबार
kepi oli

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधामन्त्री देउवाको चर्को आलोचना गरेका छन् । देशमा लोकतन्त्र सानोतिनो सङ्घर्षले स्थापना नभएको उल्लेख गर्दै कसैले किस्तिमा सजाएर नदिएको बताएका छन् ।

kepi oli
फाइल तस्बिर

बिहीबार राजधानीको चावहिलस्थित पार्टी प्रवेश कार्यक्रममा काँग्रसप्रती कडा रुपामा प्रस्तु भएको ओलीले प्रधानमन्त्री देउवाको कडा आलोचना गरेको छ । ओलीले देशमा पञ्चायत विरुद्ध आन्दोलन भैरहँदा देउवा लण्डनमा मस्ति गरिरहेको बताउँदै भने, ‘हामीले पञ्चायत फाल्दा उहाँ लण्डनमा पाउरोटीमा जाम राखेर खाँदै हुनुहुन्थ्यो ।’
ओलीले लोकतन्त्र स्थापनाका लागि भएका सङ्घर्ष ताजै भएको दाबी गरेको छ । उनले भने, ‘लोकतन्त्र हामीलाई कसैले किस्तीमा सजाएर दिएको होइन ।’
उनले एमालेलाई कसैले लोकतन्त्रको पाठ सिकाइरहनु नपर्ने जिकिर गरे । ओलीले लोकतन्त्र भवितव्य नभै संर्घषको परिणम भएको पनि उल्लेख गरे । देशमा लोकतन्त्र अत्यान्तै कष्टपूर्ण गरी स्थापना गरेको ओलीले जिकिर गरे । उनले लोकतन्त्र सथापनाको किस्सा सुनाउँदै भने, ‘हामी भोकभोकै पेट मिचिमिची दौडिएका छौँ । बलिदान दिएका छौँ । लोकतन्त्रका लागि जीवन त्याग गरेर आन्दोलनमा होमिएका याद ताजै छ ।’
ओलीले लोकतन्त्र स्थापनामा एमालले खेलेको भूमिका प्रधानमन्त्री देउवाले नखेको लोकतन्त्र एमालेले बम्पर पुरस्कार नपाएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७