बारा क्षेत्र नं ३ मा मन्त्री मंसुरलार्इ कडा चुनाैती


२३ कार्तिक २०७४, बिहीबार

कलैया : बारा निर्वाचन क्षेत्र नं ३ मा त्रिकोणात्मक लडाइँ हुने भएको छ । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र नं ३ मा नेपाली काँग्रेसबाट सरकारका वर्तमान मन्त्री फरमुल्लाह मंसुर, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामबाबुकुमार यादव, र वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का पूर्व जिल्ला सचिव अध्यानन्द पाण्डे चुनावी प्रतिष्पर्धामा उत्रेका छन् ।

formula mansur फरमुल्लाह मन्सुर

तिनै नेताहरु बीच प्रतिष्पर्धा हुने कुरा मतदाता बताउँछन् । तर चुनावमा बाजी कसले मार्ला भन्ने कुरा त निर्वाचनको परिमाणले देखाउँछ । सरकारका मन्त्री मंसुर देश र जनताका लागि काम गरेर लोकप्रियता बटुलेका उम्मेदवारका रुपमा परिचित  छन् ।  त्यति मात्र नभई विकासप्रेमीका रुपमा पनि उत्तिकै लोकप्रिय छन् ।

 फोरम नेपालका अध्यक्ष यादव भने तराई मधेशको आन्दोलनमा बारामा निकै महत्वपूर्ण भूमिका निर्वाह गरी मधेशको हकअधिकारका लागि अहोरात्र खटिएका पात्रका रुपमा जिल्लाभरि नै चर्चा कमाएका छन् ।

त्यसैगरी, वाम गठबन्धनका उम्मेदवार पाण्डे पनि सरल, अनुशासित, जनप्रेमी, विकासप्रेमी, समाजसेवीका रुपमा जिल्लामा नै परिचित छन्

त्यसैले निर्वाचन क्षेत्र नं ३ का तीनै उम्मेदवार आफ्नो ठाउँमा बलिया नै रहेकाले तिव्र प्रतिष्पर्धा हुने देखिन्छ । निर्वाचन क्षेत्र नं ३ मा कुल ८४ हजार ६६९ मतदाता रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७