‘कांग्रेस हिन्दु राष्ट्र बनाउने र हिन्दु राष्ट्रको संरक्षकका रुपमा राजा फर्काउने दाउमा छ’


२३ कार्तिक २०७४, बिहीबार
Mohan Bikram Sing

काठमाडौं : नेकपा (मसाल)का महामन्त्री मोहन बिक्रम सिंहले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले निर्वाचनमा बहुमत ल्याए राजतन्त्र र्फकाउन सक्ने बताएका छन् ।Mohan Bikram Sing
लनमा चुनावी कार्यक्रमको क्रममा डोटी पुगेका महामन्त्री सिंहले राष्ट्रिय जनमोर्चा डोटीद्वारा बिहीवार आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसले मंसिरमा हुन गइरहेको निर्वाचनमा बहुमत ल्याए राजतन्त्र फर्काउने खतरा रहेको बताएका हुन् । उनले कांग्रेस भित्रकै ठूलो हिस्सा अझै पनि राजतन्त्र फर्काउने पक्षमा रहेका समेत बताए ।
उनले कांग्रेसले बहुमत ल्याए मधेसवादी दलहरु र भारतसँग मिलेर संबिधान संशोधन गर्ने खतरा रहेको दावी गरे । ‘कांग्रेस गठबन्धनले जित्यो भने तीनवटा खतरा छ, अहिलेको अवस्थामा कांग्रेस गठबन्धन जित्नु राष्ट्रियता माथिको खतरा हो ।’, महामन्त्री सिंहले भने, ‘संबिधानलाई भारतीय इच्छा अनुसार संशोधन गरेर राष्ट्रियता कमजोर बनाउने पक्षमा कांग्रेस रहेका कारण हामीले कांग्रेस गठबन्धनसँग चुनावी तालमेल गरेनौं’ सिंहले भने ‘कांग्रेस नेपाललाई फेरि हिन्दु राष्ट्र बनाउने र हिन्दु राष्ट्रको संरक्षकका रुपमा राजा फर्काउने दाउमा छ ।’
उनले नेपाली कांग्रेस पुरानो कांग्रेस नरहेको बताए । ‘कांग्रेस अव बिपी कांग्रेस रहेन, न त यो गिरिजा कांग्रेस रह्यो, न गणेशमान कांग्रेस रह्यो’ उनले भने ‘यो त शेरवहादुर कांग्रेस मात्रै रह्यो ।’
उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रियता र राजनीतिक चरित्र नरहेको सिंहले आरोप समेत लगाए । उनले भने ‘उनी व्यक्तिगत स्वार्थका लागि जे पनि गर्न सक्छन भन्ने पुष्टि भइसकेको छ ।’ उनले प्रश्न गरे ‘गिरिजाप्रसाद कोईरालासँग बिद्रोह गरेर दरवार पस्ने मान्छेसँग के अपेक्षा गर्न सकिन्छ ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७