लुट २ र कालो पोथी पाइरेसी


२३ कार्तिक २०७४, बिहीबार
kalo pothi and loot 2

काठमाडौं: पछिल्लो समय फिल्म पाइरेसी हुने क्रम बढेको छ । अघिल्लो वर्ष फागुन १३ प्रदर्शन भएको चलचित्रलुट २ पनि पाइरेसी भएको छ । साथै जेठ २१ मा प्रदर्शन भएको फिल्म कालो पोथी पनि पोइरेसी भएको छ ।

kalo pothi and loot 2
लु २ लुटको सिक्वेल हो । कालो पोथी सशस्त्र युद्धको समयमा दुई बालकको मित्रताको कथा चलचित्रमा देखाइएको छ । यो चलचित्रलाई हलिउड मिडियाले समेत राम्रो समीक्षा गरेका छन् ।
यी दुईवटा फिल्म केही दिन अगाडी सामाजिक सञ्जालबाट पाइरसी भएको हो । पाइरेसी भएको समाचार बाहिरिएपछि लुट २ हटाइसकेको छ भने कालो पोथी बाँकी रहेको छ । लुट २ फेसबुकमा अपलोड भएको थियो । भने, कालो पोथी ‘फ्रि वाच मुभी अनलाइन ब्लग’मा अपलोड गरिएको छ । यी दुवै फिल्म युट्युबमा आएका छैनन् ।
लुट २ धेरै विदेशका प्रदर्शन हुन बाँकी छ । भने कालो पोथी अझैपनि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा प्रदर्शन भइरहेको छ ।
कालो पोथीलाई फ्रान्सेली वितरण कम्पनी ‘वाइड म्यानेजमेन्ट’ले १४ करोडमा पाइरेसी बिमा गरेका थिए । पाइरेसीबाट बच्न बिमा गरिएको थियो । साढे ३ करोडको बजेटमा तयार भएको यो चलचित्रमा जर्मनी, फ्रान्स र स्विजरल्याण्डको समेत लगानी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७