निर्मला पन्त बलात्कारपछि हत्यामा छोरा समेत मुछिएपछि एसपी बिष्ट निलम्बित


९ भाद्र २०७५, शनिबार
Sp dilliraj Bista

काठमाडौं, ९ भदौ । गृहमन्त्रालयले कञ्चनपुर घटनाको छानविन अवधिभर एसपी डिल्लीराज बिष्टलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा शनिबार गृहमन्त्रालयमा बसेको बैठकले अनुसन्धान प्रक्रिया पुरा नहुँदासम्म एसपी विष्टलाई निलम्बन गर्न निर्देशन दिएका हुन् ।

यस्तै बैठकले डिएसपी ज्ञानबहादुर सेठ्ठी र मुद्दाका इन्स्पेक्टर एकेन्द्र खड्कालाइ प्रहरी प्रधान कार्यालयमा बोलाएको छ । भने हेडक्वाटरमा घटनाबारे सोधपुछ गरिने भएको छ । उनीहरुले निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका दोषीलाई बचाउने प्रयास गरेको शंका गरिँदै आएको छ। 

कञ्चनपुर भीमदत्त नगरपालिका –२ की १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यालाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरमा थिए । भने स्थानीयले उनकै छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपछि उनलाई निलम्वन गरिएको हो ।

मन्त्रालय आन्दोलन चर्किएपछि गृह मन्त्रालयले विष्टसँगै प्रमुख जिल्ला अधिकारी परिर्वतन गरेको छ । तर, नयाँ नेतृत्व पुगेकै दिन एक बालकको प्रहरीको गोलीबाट मृत्यु भएको छ ।

बैठकमा सचिव प्रेमकुमार राईसहित तीनवटै सुरक्षा निकायका प्रमुख उपस्थित रहेका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७