प्राणी शास्त्रका प्राध्यापकहरु आन्दोलित


१० भाद्र २०७५, आईतवार
TU

काठमाडौं, १० भदौं । कनिष्ठलाई प्रमुखको जिम्मेवारी दिइएको भन्दै त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागका प्राध्यापकहरुले कक्षा बहिष्कार गरेका छन् ।

TU

यही भदौ ८ गतेदेखि विभागका वरिष्ठ प्राध्यापकले कक्षा बहिष्कार गरेका हुन् । उपकुलपतिको कार्यालयले यही भदौ ६ गते प्राडा तेजबहादुर थापालाई विभागको प्रमुखमा नियुक्ति दिएपछि वरिष्ठ प्राध्यापकहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रमुख थापाभन्दा वरिष्ठ प्राध्यापकहरु सूूर्यरत्न गुभाजु, प्रा डा रञ्जना गुप्ता, प्रा डा रमेशकुमार श्रेष्ठ, प्राडा कुमार सापकोटा तथा प्राडा नन्दबहादुर सिंह रहेका छन् । प्राडा नन्दबहादुर सिंहले विभागको ५३ वर्षको इतिहासमा वरिष्ठलाई पन्छाएर कनिष्ठलाई प्रमुख बनाइएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७