‘सपना’को बाढीमा मेचीपारि


२४ कार्तिक २०७४, शुक्रबार
1 09111 1 Jusu Rajbanshi 03 09112017100422

काठमाडौं: मेची नदीपारि महेशपुरका बासिन्दा धान काट्न व्यस्त भइरहेका बेला भोट माग्नेहरू पस्न थालेका छन् । मत माग्नेलाई देख्नेबित्तिकै उनीहरूको गुनासो सुनिन्छ, ‘नेता हुए कुन काम कोरेन देले (नेताले कुनै काम गरेनन् ।’ राजवंशी भाषामा हरेकजसो महेशपुरवासी यसै भन्छन् ।1 09111 1 Jusu Rajbanshi 03 09112017100422

भद्रपुर नगरपालिका ३ मा पर्ने यो गाउँलाई मेची नदीले ‘पारि’ बनाइदिएको छ । वर्षामा मेचीले महेशपुरलाई नेपालबाट अलग गरिदिन्छ । त्यहाँका बासिन्दा थुनिन्छन् । काठे डुंगामा जोखिम मोलेर वारपार गर्नुपर्ने हुन्छ ।

नगरपालिका ‘भन्न नसुहाउने’ यो गाउँ दूरीका हिसाबले भने सदरमुकामबाट नजिक छ । मुलुकमा आर्थिक समृद्धिका कुरा भइरहेका बेला त्यहाँ भने शौचालयसमेत छैन ।

यो खबर आजको कान्तिपुरमा छ , नगरपालिकाले ६ महिनाअघि शौचालय बनाइदिन भनेर खनेका खाडल भत्किसकेका छन् । यो देखेर चुनावमा सुन्दर सपना देखाउने नेताहरूप्रति ‘रिस उठ्न थालेको’ यहाँका बासिन्दाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७