निर्मला हत्या प्रकरणमा मारिएका सन्नी खुनाको राष्ट्रिय झण्डा ओढाएर गरियो अन्त्येष्टि


१० भाद्र २०७५, आईतवार
sanni khuna kanchanpur


कञ्चनपुर, १० भदौ । १३ वर्षिया बालिका निर्मला पन्तका हत्यारालाई कारबाही मागसहित प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट मारिएका किशोर सन्नी खुनालााई अन्तिम विदाइ गरिएको छ ।

आन्दोलनको क्रममा मारिएका खुनाको कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली किनारमा प्रहरी टुकडीको सलामिसँगै राष्ट्रिय झण्डा ओढाएर सन्नी खुनाको अन्त्येष्टि गरिएको हो ।

सन्नी खुनाको अन्त्येष्ठि अघि सात नम्बर प्रदेश सभामा नेपाल कम्युनिस्ट पार्टीका सचेतक सांसद तारा लामा तामाङले राष्ट्रिय झण्डा ओढाएर विदाइ गरेका हुन् ।

त्यस क्रममा प्रहरीको एक टुकडीले सन्नी खुनालाई शोक सलामी पनि दिएको थियो । सन्नीको अन्त्येष्ठिमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र बेदकोट नगरपालिकाका मेयर अशोक चन्द पनि सहभागी थिए ।

त्यसैगरी अन्त्येष्टिका क्रममा मानवअधिकारकर्मी, महिला र सयौँको संख्यामा स्थानीय सर्वसाधरण पनि उपस्थित भएका थिए ।

शनिबारको संघीय मन्त्रिपरिषद्को बैठकले सन्नी  र बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई जनही १०–१० लाख रुपैयाँ दिने घोषणा गरेको थियो । भने सन्नीलाई शहिद घोषणा गरेको थियो । त्यही अनुसार सन्नीलाई प्रहरीले शोक सलामी दिएको हो ।

यो पनि पढ्नुहोस्

कञ्चनपुर घटनाले उग्ररूप लिँदै, १७ वर्षीय युवकको मृत्यु, मेयरको घरमा आगजनी
‘प्रहरीले भाग्न भन्यो, अनि सीधै छातीमा गोली ठोक्यो’, राखी बाँध्ने सपना अधुर 
निर्मला हत्या प्रकरणः अम्बाको बोट जो ढल्यो



प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७