विश्वविद्यालयले संख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ : प्रधानमन्त्री


१० भाद्र २०७५, आईतवार
Kp oli

काठमाडौं १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरुले संख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिनु पर्ने बताएका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारणसभालाई आइतबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएको हो ।

सरकारले देशलाई आवश्यक पर्ने जन शक्तिको पहिचान गरी त्यसै अनुसारको विद्यालय र कलेजहरु खोल्ने तयारी गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नु पर्दछ’ प्रधानमन्त्री ओलीले भने,‘त्यहाँ पठनपाठनलाई भन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धान हुन जरुरी छ ।’

यस्तै उनले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताए । प्रधानमन्त्री ओलीले सरकारले तिव्र विकासलाई तिव्र गतिमा बढाउनु पर्ने भएकोले योजनावद्ध रुपमा अघि बढ्नु आवश्यक रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७