प्रधानन्यायाशिसमा सिफारिस मिश्रको संसदीय सुनुवाइ शुरु, मागियो उजुरी


१० भाद्र २०७५, आईतवार
omprakash bistha 1

काठमाडौं, १० भदौ । संसदको सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधिशका लागि सिफारिस भएका कामु प्रधानन्यायाधिश ओमप्रकाश मिश्रविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको छ ।

omprakash bistha 1

आज सिंहदरबारमा बसेको सुनुवाइ समितिको बैठकले १० दिनको समय दिँदै सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको हो । समितिले मिश्रले न्यायाधीशको रुपमा सम्पादन गरेका कार्य, उनको व्यक्तिगत र शैक्षिक विवरण लगायत अन्य विषयमा उजुरी दिन आग्रह गरेको छ ।

संवैधानिक परिषदको बैठकले दोस्रो बैठकले सर्वोच्चको नेतृत्वका लागि मिश्रको नाम सिफारिस गरेको थियो । यसअघि सिफारिस भएका वरिष्ठत न्यायाधिश दिपकराज जोशीको नाम अस्वीकृत भएपछि मिश्रको नाम सिफारिस गरेको हो ।

भदौ ७ गते बसेको संवैधानिक परिषदको बैठकले मिश्रको नाम संसदीय सुनुवाइका लागि सिफारिस गर्दै पठाएको थियो। संविधानका संसदीय सुनुवाइबाट पारित भएपछि मात्र राष्ट्रपतिले उक्त पदमा नियुक्त गर्ने व्यवस्था छ ।

सुनुवाइ समितिको दुई तिहाइले अस्वीकार पनि गर्न सक्ने भएकाले उजुरीहरुको अध्ययन र उजुरीकर्ताहरुसँग छलफल हुने गरेको छ । अघिल्लो पटक जोशी सुनुवाइ समितिमा दर्ता भएका उजुरी र समितिले गरेको अध्ययनपछि विवाददित देखिएको भन्दै अस्वीकृत भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७