अमेरिकामा अब नेपालीहरुको आफ्नै ‘कम्युनिटी बै‍ंक’ सञ्चालन हुँदै

एभरेष्ट फेडरल क्रेडिट युनियनले पायो सञ्चालन अनुमति


१० भाद्र २०७५, आईतवार
Bank in USA Nepali

न्यूयोर्क, १० भदौ । अमेरिकामा नेपालीले स्थापना गरेको पहिलो बैंकिङ कारोबार गर्ने संस्था ‘एभरेष्ट फेडरल क्रेडिट युनियन’ले बैंक सञ्चालनको अनुमति पाएको छ । अमेरिकी केन्द्रीय सरकार अन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसनले सञ्चालन युनियनलाई  बैक खोल्न अनुमति दिएको हो ।

बैंक खोल्न अनुमतिपाएसँगै निक्षेप संकलन,कर्जा प्रवाह,तथा क्रेडिट कार्डसमेत संस्थाले समुदायलाई सहज र सहुलीयत रुपमा उपलव्ध गराउने लक्ष्य छ । न्यूयोर्कमा खोलिएर अमेरिकाको विभिन्न शहरमा विस्तार गरिने भएको छ । संस्थाले अगष्ट २५ तारिख साँझ समुदाय लक्षित एक इनाग्रेसन गाला समारोह न्यूयोर्क सिटीको ज्याकसन हाइटमा गर्ने भएको छ ।

जसमा अमेरिकी इलेक्टेड प्रतिनिधीहरु, नेपाल सरकारका राजदूतज्यू र कन्सुलेटज्यूहरु, अमेरिकाकाविभिन्न स्टेटवाट विजेनेशम्यान, प्रोफेशनल, लगायतविभिन्नव्यक्तित्वहरुको उपस्थित रहने छ ।

एभरेष्ट फेडरल क्रेडिट युनियनका संस्थापक सदस्यहरुले तीनवर्षदेखि लगातार रुपमा जटिल कानूनी प्रक्रिया, रिक्वायरमेन्ट, सर्भे, विजनेश प्लान, प्mाइनान्सियल प्लान, मार्केटिड प्लान, वाइजल, पोलिसिज, एफबिएल इन्भेटीगेसन, एनसियुएसंग विभिन्न तहका मिटिङ, समझदारी, लाखौं डलरको बजेट र तमाम भोलेन्टियरको अथक प्रयासपछि उपलव्ध गरेको हो ।

अमेरिकामा विभिन्न देशबाट आएका आप्रवासीले आ–आफ्नो समुदाय लक्षित गरि क्रेडिट युनियन सञ्चालन गर्दै आएका छन् । सम्बन्धित देशका आप्रवासीको संख्या एवम् आर्थिक गतिविधि बढ्दै गएपछि यस्तो सामूदायिक वैकिंग संस्था सञ्चालनमा ल्याएको प्रचलन देखिन्छ । समुदायको आर्थिक हितप्रवद्र्धनको मूल उद्देश्य लिएरयुनियन स्थापना हुने गरेका छन् । क्रेडिट युनियनलाई निक्षेप संकलनएवम् कर्जा प्रवाह दुवै गर्ने अधिकार हुन्छ ।

अमेरिकी सरकारले यस्ता सामुदायिक वैकहरुलाई कर छुटदिने भएकाले अन्य वैंकका तुलानामा समुदायलाई यसले सहुलीयतदरमा ऋण उपलव्ध गराउन पाउने छ । साथै वचतमा वैकको तुलनामा वढि व्याजउपलव्ध गराउन सक्दछ । क्रेडिट यूनीयनका सदस्यहरुनै यसका मालिक हुने भएकोले यसमा खाता खोल्ने सवै यसका मालिक हुनेछन । तर वंैकमा भने डिपोजिटर मात्र हुन्छन ।

संस्था सञ्चालनलगत्तै अब नेपाली समुदायले पहिलो चरणमा चेकिङ एकाउण्ट, सेभिंग एकाउण्ट, रिटायरमेन्ट एकाउण्ट, विशेष मुनाफा वितरण हुने, स्पेशल एकाउण्ट, डेविट कार्ड, एटिएम कार्ड, सवारी साधन ऋण, व्यक्तिगत सेक्युट र अनसेक्युट ऋणबाट सुरु गरि निकट भविष्यमा नै क्रेडिट कार्ड, विद्यार्थि ऋण, साना व्यवसाय ऋण, घर खरिद ऋण, तथा अन्य वैकिङ सुविधाहरु संचालनमा ल्याउने भएको छ । यो सुविधान एभरेष्ट फेडरल क्रेडिट युनियनमा सदस्य बनेकाले मात्रयी सबै सुविधा प्राप्त गर्नेछन् ।

अमेरिकामा रहेका अन्य बैंकको तुलनामा एभरेष्ट फेडरलले सहुलियत दरमा निक्षेप संकलन, कर्जा प्रवाह, बचत, ब्याज, ऋण उपलब्ध गराउनसँगै सजिलै क्रेडिट कार्ड पनि दिने भएपछि यहाँका नेपालीमा उत्साह छाएको छ ।

बैंकमा खाता खोल्ने प्रत्येक नेपाली नाफाका साझेदार हुने भएकाले पनि अब अमेरिकामा नेपालीले कामदार होइन मालिकको रुपमा आत्मसम्मानको महसुस गर्ने सरोकारवालाको भनाई छ।

अमेरिकी सरकारले सामुदायिक बैंकलाई कर छुट दिने भएकाले पनि धेरै नेपाली यसबाट लाभ लिनसक्ने इएफसियूका पादाधिकारी बताउँछन्।

एभरेष्ट फेडरल क्रेडिट युनियनका अध्यक्ष डिल्ली भट्टले दुई महिनाभित्र संस्थाले न्युयोर्कबाट बैंकिंङ कारोबार शुरु गर्ने लक्ष्यसहित आफूहरू गृहकार्यमा जुटेको बताए।

आर्थिक कारोबार शुरु गरे पनि बैंकमा खाता खोल्ने प्रत्येक नागरिक नाफाको साझेदार हुने भन्दै भट्टले भने,‘एउटा विशेष किसिमको बचत खाता पनि हुन्छ। त्यसमा खाता खोल्ने ब्यक्ति अझ बढी नाफाको हिस्सेदार हुन्छ।’

बैंकले थोरै ब्याजमा ऋण प्रवाह गरी बचत गर्नेलाई बढी मुनाफा दिने लक्ष्य लिएकाले अमेरिकामा कम आय भएका नेपालीलाई ब्यापार ब्यवसायमा पनि प्रोत्साहन मिल्ने अध्यक्ष भट्टको भनाई छ।

एभरेष्ट फेडरल क्रेडिट युनियनका कार्यकारी समिति संयोजक मोहन ज्ञवालीले पाँच वर्ष अगाडि आफूहरूले देखेको सपनाले अहिले साकार रूप लिएको भन्दै उनले भने,‘अमेरिकामा नेपालीको पनि आफ्नै बैंक हुनेछ। यो भन्दा गर्वको विषय के हुनसक्छ । हाम्रो सपना बल्ल साकार भयो । यसलाई मूर्त रुप दिने अबको दायित्व भने प्रत्येक नेपालीको हो।’

अब अमेरिकामा पनि हाम्रो आफ्नो बैंक भएको छ। ‘अमेरिकामा आइरिस, पोलिस, इटालियन, चाइनीज र भारतीयजस्तै नेपालीको पनि बैंक होस् भनेर सामुदायिक बैंकिङ प्रणालीलाई हामीले पनि सुरुवात गरेका छौ,अबश्य यसबाट धेरै नेपालीलाई फाइदा पुग्नेछ’, ज्ञवालीले भने।

एभरेष्ट फेडरल क्रेडिट यूनियनमा १९१ चार्टर सदस्य रहेको जनाउँदै ज्ञवालीले यसलाई न्युयोर्कबाट शुरु गरी नेपालीको बाक्लो बस्ती रहेको क्यालिफोर्निया, डीसी, फ्लोरिडा, टेक्ससलगायतका स्थानमा विस्तार गर्ने योजना रहेको बताए।

ज्ञवालीले संस्थाले अनुमति पाएको उपलक्ष्यमा शनिबार न्युयोर्कमा एक विशेष कार्यक्रम गर्न लागेको जानकारीसमेत दिए।

एभरेष्ट फेडरलल क्रेडिट यूनियनको अध्यक्षमा डिल्ली भट्ट, महासचिवमा अञ्जन श्रेष्ठ, कोषाध्यक्षमा बिराज रिजाल छन्। त्यसैगरी, सदस्यमा आरसी पोखरेल, विजय पौडेल, राजन कर्माचार्य, जीवन बम छन्।

इएफसियूको सुभरभाइजर कमिटीमा डा। केशव पौडेल र डा। सुक गुरुङ छन्। त्यसैगरी, क्रेडिट कमिटीमा भने मोहन गिरी र नवराज केसी छन्। एभरेष्ट फेडरल क्रेडिट युनियनको एक्जीक्यूटीभ कमिटी कोअर्डिनेटरमा मोहन ज्ञवाली छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७