बेलायतबाट बिकेन लिम्बुलाई तत्काल रिहाई गर्न माग


१० भाद्र २०७५, आईतवार
Biken limbu

लण्डन, १० भदौ । मुलुकी ऐनको बिरोधमा सिंहदरबार अगाडि नाङगै प्रर्दशनमा उत्रिएका बिकेन लिम्बुलाई तत्काल रिहार्इ गर्न नेपाल आदिवासी जनजाति महासंघ (नेफिन यूके)ले माग गरेको छ । नेफिनले आइतबार एक विज्ञप्ती जारी गरी लिम्बुको मागको उचित सम्बोधन गर्न मागसहित रिहाई गर्न आग्रह गरेको हो ।

‘नेपाल सरकारले २०७५ भाद्र १ गतेबाट लागु हुने भनी हालै जारी गरेको मुलुकी अपराध संहिता ऐनको २८९ को उपदफा २ मा ब्यवस्थित ‘गाई वा गोरु मारेकोमा ३ बर्ष कैद र दण्ड सजाँय हुने’ कानूनी ब्यवस्था नेपालको संबिधानमा ब्यवस्था भएको ‘धर्म निरपेक्ष राज्य’को मर्म बिपरित भएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

यस्तै उक्त ब्यवस्थाले नेपालको आदिवासी जनजाति समुदायको धार्मिक तथा साँस्कृतिक अधिकारमा प्रतिकुल असर पारेको बताएको छ । यसरी एकल जातीय सम्प्रदाय र एकल धर्मावलम्वीहरुको मात्र पक्षपोषण गर्ने उद्देश्यले ल्याइएको उक्त कानूनी ब्यवस्थाको बदर गर्न माग गरेको छ ।

 थप भनेको छन्,‘ शिवरात्रिमा र सार्वजनिक पाटी–पौवातिर जोगीहरुचाहिं नाङ्गो हिंड्न र बस्न पाउने तर हजारौं शहिदहरुको बलिदानबाट प्राप्त धर्म निरपेक्षताको बचावमा शान्तिपूर्ण आन्दोलन गरिरहेका बिकेन लिम्बुलाई चाहिं भने जेल हाल्ने ? सरकारको नियत र कार्य कति न्याय संगत छ ।’

लिम्बुले उक्त कानूनी ब्यवस्थाको बिरुद्द गत २०७५ भाद्र १ गतेको दिन काठमान्डौको अनामनगरमा शान्तिपूर्ण बिरोध प्रर्दशन गर्दा नेपाल प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७