वाम गठबन्धन र काँग्रेसबीच झडप


२४ कार्तिक २०७४, शुक्रबार
uml congress and moist

काठमाडौं: सोलुमा वाम गठबन्धन र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
शुक्रवार बिहान वाम गठबन्दनले टाँसेको चुनावी प्रचापत्र काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार बलबहादुर केसी सहितको टालीले च्यातेपछि झडप भएको हो ।

uml congress and moist
झडपमा परी आधा दर्जन घाइते भएका छन् । घाइतेहरुमध्ये कांग्रेसको जिल्ला कोषाध्यक्ष पेमा तामाङ र माओवादीको महाधिवेशन आयोजक समिति सदस्य दिलबहादुर नेपालीलाई बढी चोट लागेको छ ।
सोलुका स्थानिवासी लबिन्द्र राईका अनुसार वाम गठबन्धनले चुनाव प्रसारप्रसारका लागि टाँसेको पोष्टर काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको बलबहादुर केसी सहितको टोलीले च्यातेपछि वाम गठबन्धन प्रतिकार गर्दा झडप भएको बताएका छन् ।
उनका अनुसार झडपपछि गठबन्धनका उम्मेदवार हेमकुमार राई र काँग्रेस उम्मेदवार बलबहादुर केसीलाई सोताङ प्रहरी चौकीमा उपस्थित हुन प्रहरीले भनेका छन् । झडपको क्रममा प्रहरी पनि भएकाले ठुलो घट्ना भने नभएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७