निःशुल्क शिक्षाको घोषणा गर्नु हुँदैन : गगन थापा


११ भाद्र २०७५, सोमबार
Gagan thapa parliyament

काठमाडौं, ११ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता गगन थापाले हतारोमा विधेयक ल्याउने काम नगर्न सरकारलाई आग्रह गरेका छन् ।

Gagan thapa parliyament

नेता थापाले सरकारले ल्याएको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि सोमबार काठमाडौंमा आयोजित सरोकारवालासँगको सामुहिक छलफलमा थुप्रै कुरा छुटने भएकाले हतारोमा विधेयक ल्याउने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्नुअघि राज्यसँग लगानी गर्ने क्षमता कति छ भनि विश्लेषण गर्न पनि सरकारलाई सचेत गराएका छन् । सरकारले ल्याएको अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयकमा कक्षा ८ सम्मको शिक्षालाई निःशुल्क गर्ने प्रावधान राखिएको छ । नेता थापाले बजेट नहेरी हचुवाको भरमा निःशुल्क शिक्षाको घोषणा गर्ने काम सरकारले गर्न नहुने पनि स्पष्ट पारे ।

कांग्रेस नेता थापाले सार्वजनिक शिक्षालाई सुधार गर्दै अघि बढाउने नीति लिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । सार्वजनिक शिक्षालाई बलियो बनाएर मात्रै सबै नागरिकलाई निःशुल्क शिक्षा दिने व्यवस्थालाई सरकारले लागू गराउन सक्ने नेता थापाको दावी छ । संघीय सांसद समेत रहेका थापाले शिक्षालाई संवैधानिक व्यवस्था अनुसार मौलिक हकको रुपमा स्थापित गराउन व्यापक छलफलको आवश्यकता पनि औंल्याए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७