जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी २ वटा बम प्रहार


२४ कार्तिक २०७४, शुक्रबार
janardan sharma prabhakar

काठमाडौं: माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभाका उम्मेदवार जनार्दन शर्मा प्रभाकर चढेको गाडीलाई लक्षित गरी २ वटा बम प्राहर भएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ गोइरीमा बिहान साढे ९ बजे विप्लव कार्यकर्ताहरूले शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार गरेका हुन् ।janardan sharma prabhakar
वाम गठबन्धनबाट रूकुममा प्रतिनिधिसभाका उम्मेदवार बनेका विना विभागीय मन्त्री शर्मा सवार गाडीलार्इ नै लक्षित गरी २ वटा घरेलु बम हानिएको हो ।जानकारी अनुसार रेडबुलको बट्टामा विष्फोटक पदार्थ भरेर विष्फोट गराइएको छ ।
चौरजहारीमा चुनावी अभियान सकेपछि सँगैको सानीभेरी गाउँपालिकास्थित सिम्ली जाने क्रममा शर्माको चुनाव प्रचार टोलीलार्इ सडकभन्दा माथिबाट दुर्इवटा बम हानिएको हो ।
प्रचार टोलीले अन्य गाडी चढे पनि शर्मा सवार गाडीलार्इ नै लक्षित गरी बम हानिएको जिल्ला प्रहरी कार्यालय रूकुमले जनाएको छ । शर्माको गाडीलार्इ लक्षित गरी हानिएकामध्ये एउटा बम पड्किएन भने अर्को पड्किएको थियो ।
सुरक्षाकर्मीको स्कर्टिङसमेत रहेको अवस्थामा बम प्रहार गरिएको हो । उच्च सतर्कताका कारण बम प्रहारबाट कुनै क्षति नभएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७