मृतात्मालाई बैतरणी पार गराउने पर्व ‘गाईजात्रा’ (फोटोफिचर)


११ भाद्र २०७५, सोमबार
gaijatra nepal
eQmk’/df ufO{hfqf eQmk’/sf o’jfo’jtL ;f]daf/ gfr]/ gu/ kl/qmdf u/L ufO{hfqf kj{ dgfpFb} . tl:j/ M /d]z lu/L, eQmk’/, /f;;

रासस

काठमाडौ, ११ भदौ । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्माको शान्तिका लागि हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि श्रीकृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा आज (सोमबार) देखि देशभरी सुरु भएको छ ।

नेवार समुदायका मनाउने यस पर्व परिवारले मृतक व्यक्तिको संझनामा जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई बनाई टोलटोल घुमाउने गर्छन् । टोलटोलबाट एकसाथ आकर्षक घिन्ताङकिसी नाचसहित गाईजात्रा निकाल्नुका साथै विभिन्न नाच एवं व्यङ्य प्रदर्शन गरिन्छ ।

यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मृत्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेश गरी मुक्ति पाउने विश्वास रहेको छ ।

गाईलाई नगरपरिक्रमा गराउनले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई बैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीको चित्त बुझाउन दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आदेश दिएकाले गाईजात्रा शुरु भएको ऐतिहासिक मान्यता छ ।


घरघरबाट गाईजात्रा निकालेपछि पनि रानीको मन शान्त हुन नसक्दा विभिन्न प्रकारका प्रदर्शन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएकाले सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेपनि यहाँका संस्कृतिकर्मी भने गाईजात्रा पर्व विक्रम संबत्को १४आैं शताब्दीभन्दा अगाडि तथा लिच्छविकालको अन्त्यमा शुरु भएको बताउँदै आएका छन् ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७