निर्मला हत्या प्रकरणमा यी अर्का एक युवा जसलाई प्रहरीले ११ दिन थुन्यो


१२ भाद्र २०७५, मंगलवार
chakra badhu

कञ्चनपुर, १२ भदाै ।  १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ । ११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ वर्षे चक्र बडू अहिले पनि आतंकित छन् । तर, अनुसन्धानमा उनी पनि पक्राउ परेका थिए भन्ने प्रहरीले कसैलाई पनि जानकारी गराएको छैन । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ । 

घटनालगत्तै प्रहरीले कैलालीका जीवन घर्तीमगर र कञ्चनपुरका दीपक नेगी पक्राउ गरेको थियो । बाल जानकी आधारभूत विद्यालय, हल्दुखालका शिक्षक चूडामणि भट्टका अनुसार मानसिक सन्तुलन ठीक नभएका जीवन घटनाकै दिन साउन १० को मध्याह्न भगतपुर खोलानजिक देखिएका थिए ।

ती व्यक्तिलाई त्यहाँबाट हटाइदिन वा पक्रेर लैजान गस्तीमा हिँडेका प्रहरीलाई भट्टले आग्रह गरेका थिए । ‘तर, एक थप्पड लगायो भने मर्ला, चौकीमा लगेर यसलाई पाल्ने लफडा पनि किन गर्ने भन्दै प्रहरी पन्छिएको थियो,’ भट्टले नयाँ पत्रिकालाई भने । तर, अर्को दिन जब निर्मलाको शव फेला प(यो, प्रहरी खोज्दै आएर मगरलाई बलात्कार र हत्याको अभियोगमा पक्राउ गरेर लगे ।

दीपक नेगीलाई पनि प्रहरीले हचुवाकै भरमा पक्राउ गरेको भट्ट बताउँछन् । निर्मलालाई खोज्ने क्रममा ५ प्रहरी र करिब ५० स्थानीय खटिएका थिए । प्रहरीले नै स्थानीयलाई समूहमा बाँडे । सबैभन्दा पहिला दीपकले शव देखे र प्रहरीलाई खबर गरे । पछि प्रहरीले ‘तैले कसरी थाहा पाइस् रु’ भन्दै उनलाई पनि पक्राउ ग(यो । ‘मैले पहिला शव देखेको भए मलाई नै पक्राउ गर्ने रहेछन्,’ साढे दुई दशकदेखि शिक्षण पेसामा रहेका भट्टले भने ।

तर, जीवन र दीपक नै मुख्य आरोपी भएको भन्ने प्रहरीको सूचनाका आधारमा गृहमन्त्री रामबहादुर थापा बादलले १७ साउनमा उनीहरूको नाम नै उल्लेख गरेर संसद्लाई जानकारी दिए । तर, पछि दीपक गम्भीर प्रकृतिको यौन रोगले ग्रस्त भएको पत्ता लाग्यो । त्यस्तै, जीवनले बयानका क्रममा भने, ‘हो, मैले निर्मलालाई खुकुरीले काटेर मारेँ ।’ जबकि पोस्टमार्टम प्रतिवेदनअनुसार निर्मलाको घाँटी निमोठी हत्या गरिएको थियो । जीवन मानसिक रोगी भन्ने पनि खुल्यो । दुवैलाई साउन २० मा छाडियो ।

दिलीप पनि अर्का ‘छद्म अभियुक्त’
स्थानीय र पीडित परिवार पछिल्लो समय पक्राउ परेका दिलीपसिंह विष्टलाई पनि अभियुक्त मान्न तयार छैनन् । २४ वर्ष विष्टको घरनजिकै बाघफाटाको लक्ष्मी माविमा पढाएका शिक्षक भट्ट भन्छन्, ‘जेलबाट छुटेपछि मैले दिलीपलाई यो बाटोमा हिँडेको देखेकै छैन ।’ घटनास्थल नजिकैको एक चौधरी होटलमा नयाँ पत्रिकासँग छलफलका लागि भेला भएका ७र८ जना सबैले भट्टका कुरामा सही थापे । भट्टले थपे, ‘गाँजा, चरेस र रक्सी खान्छ, तर जति नशामा भए पनि महिला देखेपछि तर्केरै हिँडेको देखेको छु उसलाई ।’

दिलीपलाई पक्राउ गर्नुअघिल्लो दिन भदौ ३ मा सादा पोसाकका प्रहरी उनको घरमा पुगी सुकाइराखेको सर्टको गोजी च्यातेर ल्याएका थिए । जुन अर्को दिन घटनास्थलमा ओभानै भेटियो । घटनास्थलमा ओभानै अवस्थामा कण्डमको खोल पनि भेटियो । दिनहुँ वर्षा भइरहँदा पनि दिलीपको सर्टको च्यातिएको गोजी र कण्डमको खोल २६ दिनपछि ओभानै कसरी भेटियो रु त्यसकारण पनि आन्दोलन मत्थर पार्न प्रहरीले एकपछि अर्को छद्म अभियुक्त खडा गरेको स्थानीयको आशंका छ ।
दुव्र्यसनका शिकार दिलीपको स्वास्थ्य अवस्था निकै कमजोर छ ।

नयाँ पत्रिका टोली जिल्ला प्रहरी प्रमुख एसपी कुबेर कडायतलाई भेट्न सोमबार बिहान जिल्ला प्रहरी कार्यालय पुग्दा दिलीप लरखरिँदै कडायतको कक्षबाट बाहिरिँदै थिए । निर्मलाको साइकल भेटिएको नहर पार गरेर पारि लैजान उनी एक्लैले असम्भव प्रायः देखिन्छ । भोलिपल्ट निर्मलाको शव भिजेको छ, तर नहर वारिको सडक छेउमा भेटिएको उनको किताब ओभानो छ ।

सुरक्षासम्बद्ध स्रोत, जो निर्मलाको शव परीक्षण गर्ने चिकित्सकसँगको सम्पर्कमा छन् । उनका अनुसार निर्मलाका दुवै स्तनको अग्रभाग टोकेर लगभग चुँडिएको अवस्थामा छ । गालामा पनि टोकेका डाम स्पष्ट देखिन्छन् । यौनांगबाट बगेको रगत रोक्न माटो राखेर पुरिएको अवस्थामा शव मिल्काइएको छ । ती प्रहरी अधिकृत भन्छन्, ‘फाट्टफुट्ट भए पनि सवारीसाधन चल्ने र मानिसहरूको आवतजावत भइरहने सडकछेउ दिउँसै यी सब गतिविधि भइरहँदा कसैले थाहा नपाउने भन्ने हुनै सक्दैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७