डा.केसीको माग सम्बोधन, एमाले निकट मनमोहन र नेशनलको सम्बन्धन बाटो बन्द


२४ कार्तिक २०७४, शुक्रबार
president adhyadesh

काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार चिकित्सा शिक्षा अध्यादेश जारी गरेकीछिन् । कात्तिक ६ गते मन्त्रीपरिषदले पास गरेको सो अध्यादेश जारी गर्न ढिलाइ भएपछि मेडिकल शिक्षाा सुधारका अगुवा डा‍ गोविन्द केसीले पुनः दवाव सृजना गरेपछि राष्ट्रपतिबाट अध्यादेश जारी भएको हो ।
यो अध्यादेश जारी भएपछि एमालेको सहानुभूतिमा अगाडि बढाइएको मनमोहन मेडिकल कलेज र पूर्वाधारविनै अनेक चलखेलमा अगाडि आएको नेशनल मेडिकल कलेजको सम्बन्धन पाउने बाटो बन्द भएको छ ।

president adhyadesh

सरकारले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने गरी राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसदको अन्तिम बैठकको कार्यसूचीमा राखेपनि विधेयक पास नभएपछि सरकारले डा। गोविन्द केसीसँग अध्यादेश ल्याउने सहमति गरेको थियो ।
अध्यादेशमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिइने उल्लेख छ । यस्तै एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्वन्धन दिन सक्ने अध्यादेशमा उल्लेख छ । अध्यादेश नयाँ संसदको बैठक बसेको ६० दिनभित्र पास हुनु पर्ने संवैधानिक व्यवस्था छ । यदि पास हुन सकेन भने स्वत खारेज हुनेछ ।
मनमोहन र नेशनलको बाटो बन्द
यो अध्यादेश जारी भएपछि एमालेको सहानुभूतिमा अगाडि बढाइएको मनमोहन मेडिकल कलेज र पूर्वाधारविनै अनेक चलखेलमा अगाडि आएको नेशनल मेडिकल कलेजको सम्बन्धन पाउने बाटो बन्द भएको छ । अब अध्यादेश अनुसार नयाँ मेडिकल कलेज खोल्नका लागि नयाँ आयोग बनाउनु पर्नेछ र त्यसले तोकेका सिमा र शर्त पुरा गरेपछि मात्रै सम्बन्धन दिइनेछ।
यसअघि चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरणमा ढिलाइ भएको भन्दै डा। गोविन्द केसीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । हिजो साँझ प्रधानमन्त्रीनिवास बालुवाटार पुगी केसीले प्रधानमन्त्री देउवालाई छिटो राष्ट्रपतिबाट चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरणका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले अध्यादेश प्रमाणीकरण नभएको समय पारी विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजलाई एमबिबिएसको सिट निर्धारण गर्न भन्दै मेडिकल काउन्सिललाई पत्र पठाएपछि डा। केसीले प्रधानमन्त्री देउवालाई भेटेको उनका सहयोगी ओमप्रकाश अर्यालले जानकारी दिए ।
सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

क्र.सं.अध्यादेशको नाम
१.राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४

(कुलप्रसाद चुडाल)
प्रवक्ता

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७