ओमानविरुद्ध सागरको अर्धसतक र आरिफसँग १०० रनको साझेदारी


१३ भाद्र २०७५, बुधबार
sagar pun

काठमाडौं, १३ भदौ । एसिया कप छनौटको पहिलो खेलमा ओमानविरुद्ध नेपालले टस हारेर ब्याटिङको गरिरहेको छ । ओमानविरुद्ध नेपालको ब्याटसम्यान सागर पुन र आरिफ शेखले १०० रनको साझेदारी गरिसकेका छन् ।

नेपालका लागि सागले अर्धसतक पुरा गरेका छन् । ४४ ओभरको खेल सकिँदा नेपालले १७२ रन बनाएको छ । सागरले ६८ रनमा बनाएका छन् । भने आरिफले ३६ रन बनाएका छन् ।

चौथो विकेटका रूपमा ९ रन बनाएर खेलिरहेका दिपेन्द्र सिंह ऐरी आउट भए । उनले १६ बलको सामना गरेका थिए । २२ औं ओभरको चौथो बलमा मोहम्मद नदिमको बलमा उनी आउट भएका हुन्।

यसअघि तेस्रो विकेटका रूपमा १६औं ओभरको अन्तिम बलमा उपकप्तान मल्ल ४५ रन बनाउँदै आउट भए। लिस्ट ए मा १००० रन पुरा गरेका मल्लले ६० बल खेल्दै एक छक्का र चार चौका प्रहार गरेका थिए ।

नेपालका कप्तान पारस खड्का व्यक्तिगत ८ रनको स्कोरमा आउट भए । २४ बल खेलेका उनी १५.५ ओभरमा ओमानी बलर लाचेताको बलमा एलबिडब्लुको धरापमा परे ।
यसअघि पहिलो विकेटका रूपमा १५ बल खेल्दै ४ रन बनाए। सुबास खकुरेल आउट भएका थिए ।

भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुने एशिया कप लागि एशिया कपको छनौट खेल नेपालसहित आयोजक मलेसिया, युनाइटेड अरब इमिरेटस् ९युएइ०, हङकङ, सिंगापुर र ओमान रहेका छन् ।

एक दिवसीय खेलको शीर्ष स्थानमा रहने टोली एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेका छन्।

नेपालले यसपछि युएइसँग भदौ १४, मलेसियासँग भदौ १६, सिंगापुरसँग भदौ १७ तथा हङकङसँग भदौ १९ गते खेल्नेछ । प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७