निर्माणाधीन हाइड्रोपावरले तिरेनन् कर


१३ भाद्र २०७५, बुधबार
images 1

पाँचथर, १३ भदौ । पाँचथरमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर अझसम्म तिरेका छैनन् । जिएन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर ती हाइड्रोपावरले नतिरेका हुन् ।

images 1

जिससले खुलाएको बोलपत्र (टेण्डर) पारेर कर उठाउने जिम्मा पाएको जिएन कन्स्ट्रक्सनलाई कर नतिरेका हुन् । गत ०७४ असोज १ मा जिसस र उक्त कन्स्ट्रक्सनबीच भएको सम्झौतामा जिससले लगाएको ढुङ्गा, बालुवा, गिटी प्रयोग गरेबापतको तिर्नुपर्ने रकम अहिलेसम्म नतिरेको कन्स्ट्रक्सनका प्रोपाइटर शङ्कर थापाले बताए ।

आफूहरूसँग सम्झौता हुनुपूर्व पनि हाइडोपावरले जिससलाई दिनुपर्ने बक्यौता समेत दिनुपर्ने भए पनि त्यो नदिएको र अहिले ठेक्का सम्झौतापछिको करको रकम समेत नदिएको उनले बताए । जिल्लामा निर्माणाधीन अवस्थामा रहेका माउन्टेन हाइड्रोपावर कम्पनी, हेवा हाइड्रोपावर ए, काबेली हाइड्रोपावर बी, रैराङ हाइड्रोपावरले अझैसम्म बालुवा, गिटी र ढुङ्गाको स्थानीय कर नबुझाएको थापाले बताए ।

पटक–पटक ताकेता गर्दा समेत कर तिर्न आलटाल गरिरहेको उनको भनाइ छ । अब आगामी तीन दिनभित्र कर नबुझाएमा सम्पूर्ण काममा बाधा अवरोध पु¥याउन बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् । यता रैराङ हाइड्रोपावरका प्रबन्ध निर्देशक कुवेरमणि नेपालले कर तिर्ने हो, तर यसको संयन्त्रमार्फत् तिर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७