नेपालको सातौं विकेट गयो


१४ भाद्र २०७५, बिहीबार
rohit kumar paudel

काठमाडौँ, १४ भदौ । मलेसियामा जारी एसिसि एसिया कप छनोटमा नेपालले युएईविरुद्ध ब्याटिङ गरिरहेको छ । २५५ रनको लक्ष्य पछ्याएको नेपालको सातौँ विकेट गएको छ ।

नेपालको सातौँ विकेटको रुपमा रोहित कुमार पौडेल ९ रन बनाएर आउट भए । यसअघि नेपालका लागि अर्धसतक बनाएका सुवास खकुरेल ३० औंँ ओभरमा क्याच आउट भए । उनले ९७ बलमा २ चौका र १ छक्का हाने ।

यस्तै कप्तान पारस खड्का व्यक्तिगत १६ रनमा आउट भए भने उपकप्तान ज्ञानेन्द्र मल्ल ४ तथा सागर पुन ३ रनमा आउट भएका थिए। नेपालको करण केसी शुन्य र आरिफ शेख ३ रनमा आउट भए ।
अहिले नेपालले ३८ ओभरको समाप्तीमा सात विकेट गुमाएर १२६ रन बनाएको छ ।
यसअघि युएइका लागि चिराग सुरीले सर्वा्धिक रन जोड्न सफल भए । उनले ९१ बलमा ६५ रनको योगदान गरेका हुन् । नेपालका स्पिनर सन्दिप लामिछानेले सर्वा्धिक ४ विकेट लिए । उनले १० ओभरमा २ मेडनसहित २४ रन दिए । त्यस्तै वसन्त रेग्मीले २, सोमपाल कामीले २ विकेट लिएका हुन् ।

नेपालका लागि बसन्त रेग्मीले १० ओभर बलिङमा ४९ रन खर्चिएर २ विकेट लिएका हुन् । यस्तै दीपेन्द्र सिंह ऐरीले ६ ओभर बलिङ गर्दै १ मेडनसहित २६ रन खर्चिए । ६ ओभर बलिङ गरेका कप्तान पारस खड्काले ३३ रन खर्चिए। यस्तै ८ ओभर बलिङ गरेका करण केसीले ६१ रन दिए भने १० ओभर बलिङ गरेका सोमपालले ५८ रन दिएर २ विकेट लिए ।

यस्तै ओपनर अस्फाक अहमदले ४५ तथा एडनान मुफ्तीले अर्धसतकीय पारी खेल्दै ४६ बलमा ५७ रन बनाए।

पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाललाई आजको दोस्रो खेल जित्नु आवश्यक छ । यूएइ र नेपाल दुवै अन्तर्रा्ष्ट्रिय एक दिवसीय मान्यता प्राप्त देश हुन् ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली खेलाडीमा सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सागर पुन, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, वसन्त रेग्मी र सन्दीप लामिछाने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७