नेपाल युएईसँग ७८ रनले पराजित


१४ भाद्र २०७५, बिहीबार
Nepali cricket team

काठमाडौँ, १४ भदौ । मलेसियामा जारी एसिसि एसिया कप छनोटमा नेपालले दोस्रो हार बेहोरेको छ । टस जितेर ब्याटिङ गरेको युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभरका समाप्तीमा १७८ अलआउट हुँद पराजित भएको हो ।  

अघिल्लो खेलमा बुधबार ओमानसँग पराजित भएको नेपालले आजको खेल जित्नै पर्ने थियो । एसिया कपमा छनौट हुने सम्भावना कायम राखि राख्नका लागि नेपाललाई जित आवश्यक थियो । ६ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल हारसँगै पाँचौ स्थानमा रहेको छ ।

नेपाललका लागि सुवास खकुरेलले ५०, दिपेन्द्रसिंह ऐरीले ४०, सोमपाल कामीले ३४ रन बनाउनु बाहेक अन्यले राम्रो गर्न सकेनन् । सुवास खकुरेल ३० औंँ ओभरमा क्याच आउट भए । उनले ९७ बलमा २ चौका र १ छक्का हाने ।

यस्तै नेपालका लागि रोहित कुमार पौडेल ९ , कप्तान पारस खड्काले १६ र उपकप्तान ज्ञानेन्द्र मल्ल ४ रन बनाए । भने आरिफ शेखले ३ रन, सागर पुनले ३, सन्दीप लामिछानेले २ रन र करण केसी शुन्य रनमा आउट भए ।

युएइका लािग अहमेद राजाले ४, मोहमद नावेदले ३, आमिर हयाद र आशफिक अहमदले १ विकेट लिए ।

यसअघि युएइका लागि चिराग सुरीले सर्वा्धिक रन जोड्न सफल भए । उनले ९१ बलमा ६५ रनको योगदान गरेका हुन् । भने ओपनर अस्फाक अहमदले ४५ तथा एडनान मुफ्तीले अर्धसतकीय पारी खेल्दै ४६ बलमा ५७ रन बनाए।

नेपालका स्पिनर सन्दिप लामिछानेले सर्वा्धिक ४ विकेट लिए । उनले १० ओभरमा २ मेडनसहित २४ रन दिए । त्यस्तै वसन्त रेग्मीले २, सोमपाल कामीले २ विकेट लिएका हुन् ।

नेपालका लागि बसन्त रेग्मीले १० ओभर बलिङमा ४९ रन खर्चिएर २ विकेट लिएका हुन् । यस्तै दीपेन्द्र सिंह ऐरीले ६ ओभर बलिङ गर्दै १ मेडनसहित २६ रन खर्चिए । ६ ओभर बलिङ गरेका कप्तान पारस खड्काले ३३ रन खर्चिए।

यस्तै ८ ओभर बलिङ गरेका करण केसीले ६१ रन दिए भने १० ओभर बलिङ गरेका सोमपालले ५८ रन दिएर २ विकेट लिए ।

 यूएइ र नेपाल दुवै अन्तर्रा्ष्ट्रिय एक दिवसीय मान्यता प्राप्त देश हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७