कांग्रेस सरकारको कारण महानगरको विकास भएन् : मेयर शाक्य


२५ कार्तिक २०७४, शनिबार
ktm bidya sundar sakya

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको विकास कांग्रेस सरकारको कारणले हुन सकेको बताएका छन् ।

ktm bidya sundar sakya
काठमाडौँ क्षेत्र नम्बर–९ले कलंकीको लाम्पाटीमा आयोजना गरेको वाम गठबन्धनको संयुक्त भेलालाई सम्वोधन गर्दै अहिले कांग्रेस नेतृत्वको सरकारका कारण काम हुन नसकेको बताएको हो ।
‘पहिला काठमाडौँका मेयरले केही काम गरेनन् भनेर आलोचना गर्नेहरु अहिले कामले गति लिन थालेपछि फेरि विभिन्नखाले आरोपमा उत्रिन थालेका छन्,’ उनले भने, ‘काठमाडौँ महानगरपालिका बनाउने जिम्मा मलाई यहाँका जनताले दिएका छन् । म जनताको मतको कदर गर्दै कामलाई गति दिनेछु ।’
काठमाडौँ क्षेत्र नम्बर–९ क का वाम गठबन्धनका तर्फका उम्मेदवार डा. अजयक्रान्ति शाक्यले काठमाडौँ धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पुरात्वात्कि महत्वको जिल्ला भएको भन्दै यहाँका सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवद्र्धन गर्दै काठमाडौँ क्षेत्र नम्बर–९ ‘क’ लाई ‘हेरिटेज संरक्षण क्षेत्रका रुपमा स्थापित गर्ने बताए । ‘यस क्षेत्रलाई स्मार्ट क्षेत्रका रुपमा विकास गर्नेछौं,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७