विमस्टेक सम्मेलनको ‘रिट्रिट’ शुरु, नेपाल–भारतबीच रेल सम्झौता हुँदै

अाजै विमस्टेकको काठमाडौं घोषणा–पत्र जारी हुने


१५ भाद्र २०७५, शुक्रबार
Bemetice 4 1

काठमाडौं, १५ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) शुरु भएको छ ।

images cms image 000055445
बिमस्टेक सदस्य राष्ट्रका राष्ट्राध्यक्ष–सरकार प्रमुख

बिमस्टेक सदस्य राष्ट्रका राष्ट्राध्यक्ष–सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको ताहाचलस्थित होटल सोल्टीमा रिट्रिट शुरु भएको हो । नेपाल–भारतबीच शुक्रबार रक्सौल विद्युतीय रेलमार्गको इन्जिनियरिङ सम्झौता हुने भएको छ ।

बिमस्टेक शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएको मौका पारेर रेलसम्बन्धी सम्झौता हुन लागेको हो । प्रधानमन्त्री बनेपछि भारत भ्रमणमा जाँदा दुई देशबीच रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गसम्बन्धी सहमति भएको थियो ।

सोही सहमति अनुसार तयार पारिएको विद्युतीय रेलमार्गको इन्जिनियरिङ सम्झौता हुन लागेको जनाइएको छ । आजै बिमस्टेकको संयुक्त काठमाडौं घोषणा–पत्र पनि जारी हुने भएको छ । घोषणा–पत्रमा बिमस्टेकका सातै राष्ट्रका प्रमुखले हस्ताक्षर गर्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७