यस्तो छ शीर्ष नेताको निर्वाचन प्रचार अभियान


२५ कार्तिक २०७४, शनिबार
sher bahadur KP oli Prachanda

काठमाडौँ: ताप्लेजुङदेखि दार्चुलासम्म पुग्दै देउवा स् वारेसनामामार्फत प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो निर्वाचन क्षेत्र रहेको डडेल्धुरा अझै पुगेका छैनन् ।sher bahadur KP oli Prachanda
शनिबार ताप्लेजुङबाट उनले पार्टीको प्रचार अभियान सुरु गर्दै छन् । ताप्लेजुङपछि उनले पाँचथर र सोलुखुम्बुमा चुनावी सभालाई सम्बोधन गर्नेछन् । पूर्वबाट फर्किएपछि देउवा सुदूरपश्चिमी जिल्ला जाँदै छन् । २९ कात्तिकमा उनी कैलाली पुग्नेछन् । ३० कात्तिकमा बल्ल डडेल्धुरा पुग्नेछन् । त्यसपछि लगातार बझाङ, बाजुरा, बैतडी, डोटी, अछाम, दार्चुला, कञ्चनपुरका चुनावी सभामा चार–पाँच दिन बिताउने उनका स्वकीय सचिव भानु देउवाले बताए ।

निर्वाचन क्षेत्रमा समय दिँदै ओली
एमाले अध्यक्ष केपी ओली शुक्रबार गृहजिल्ला झापा पुगेका छन् । केही दिन उनी झापामै रहने एमाले जिल्ला सचिव मदन अधिकारीले बताए । शुक्रबार उनले भद्रपुरको सिटी गार्डेनमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे । साँझ गृहनगर दमकमा कार्यकर्तासँग भेटघाट गरेका छन् । ओलीले शनिबार दिउँसो १२ बजेपछि आफ्नो निर्वाचन क्षेत्रमा बढी समय दिनेछन् । ‘२५ देखि २७ गतेसम्म उहाँ आफ्नै निर्वाचन क्षेत्रमा बस्नुहुनेछ,’ सचिव अधिकारीले भने । झापा ५ का गौरादह, गौरीगन्ज, तोपगाछीलगायत स्थानका कार्यक्रममा उनी व्यस्त रहनेछन् । २७ कात्तिकमा राजधानी फर्किए पनि ओली २ मंसिरमा पुनः झापा पुग्ने कार्यक्रम छ ।

घरदैलो अभियान सुरु गरे प्रचण्डले
चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो चरणको प्रचार अभियानअन्तर्गत पाँच दिन चितवनमा बिताए । १८ कात्तिकमा उनले आफ्नो निर्वाचन क्षेत्र शिवनगर, जगतपुर र माडीमा आयोजित विभिन्न चुनावी सभालाई सम्बोधन गरे । १९ कात्तिकमा चनौली, गीतानगर, देवनगरमा संयुक्त निर्वाचन कार्यालय उद्घाटन गरे । दोस्रो चरणअन्तर्गत उनले बिहीबार गंगानगर क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट सुरु गरेका छन् । प्रचण्डले शुक्रबार भरतपुर–९ को संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरे ।

थापा काठमाडौं आउजाउ गर्दै
राप्रपा अध्यक्ष कमल थापाले काठमाडौं आउजाउ गर्दै प्रचार गर्ने योजना बनाएका छन् । मकवानपुर १ बाट उम्मेदवार बनेका थापा उपप्रधानमन्त्रीसमेत भएका कारण निर्वाचनका दिनसम्म गृहजिल्लामा प्रचारप्रसारमा जुट्न सक्ने अवस्था नरहेको उनका स्वकीय सचिव दामोदर वाग्लेले जानकारी दिए ।

जिल्ला पुगेर फर्किए ठाकुर
राजपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ का चुनावी कार्यक्रममा सरिक भई बिहीबार काठमाडौं फर्केका छन् । उनले आफ्नो क्षेत्रका मतदातालाई मधेसी दललाई जिताउन आग्रह गरे । आफू जन्मेको महोत्तरीको एकरहिया पिपरा गाउँपालिकाका कार्यकर्तासँग उनले भेटघाट गरेका थिए ।

यादव अन्य जिल्लातिर
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव उम्मेदवारी मनोनयनको अघिल्लो दिन सप्तरी पुगेका थिए । उनी १८ कात्तिकसम्म सप्तरी २ मा आयोजित विभिन्न चुनावी कार्यक्रममा सरिक भए । सप्तरीमा रहेकै वेला धादिङ बस दुर्घटनाका पीडित परिवारलाई भेट्न राजविराज पुगेका उनी तीन–चार दिन सप्तरी बसे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७