९१ वर्षको उमेरमा पूर्वप्रधानमन्त्री विष्टको निधन


२५ कार्तिक २०७४, शनिबार
4 kritinidhi

काठमाडौं: पूर्वप्रधानमन्त्री कीर्ति्निधि विष्टको ९१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका पूर्वप्रधानमन्त्री विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा बिहान १० बजे निधन भएको हो ।

4 kritinidhi

धार्मिक परम्परानुसार उनको शुक्रबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । लामो समयदेखि पेटको अर्बुद रोगबाट अस्वस्थ्य रहेकाे उनी क्यान्सर रोगबाट पीडित थिए ।  उनको दुई छोरा र तीन छोरी छन् । दुई वर्ष अघि उनको श्रीमती र एक छोराको निधन भएको थियो ।
विष्टको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल तथा राप्राका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापालगायत विभिन्न दलका नेता सहभागी थिए ।
२ माघ १९८३ मा  काठमाडौँको ठमेलमा जन्मिएका विष्ट तीन पटक प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा बनेको सरकारमा उपाध्यक्ष बनेका थिए । उनलाई नेपाली राजनीतिमा नैतिकवान् नेताका रुपमा चिनिन्छ ।
उनी २५ चैत ०२५ देखि ३१ चैत ०२६ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । १ वैशाख ०२८ देखि १ साउन ०३० सम्म दोस्रोपटक र ३० वैशाख ०३४ देखि १६ जेठ ०३६ सम्म तेस्रोपटक प्रधानमन्त्री बनेका थिए ।
दोस्रोपटक प्रधानमन्त्री रहेको समयमा २५ असार ०३० सालमा सिंहदरबार आगलागी भएपछि नैतिकताका आधारमा राजीनामा दिएका उनलाई सोही कारण नैतिकवान नेताका रुपमा चिनिने गरेको छ । १९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि उनी मन्त्रिपरिषद्का उपाध्यक्ष बनाइएका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७