एसिया कप छनोटमा नेपालको पहिलो जित, मलेसिया १९ रनले पराजित


१६ भाद्र २०७५, शनिबार
Paras Khadka picked up

काठमाडौं , १६ भदौ। एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल गुमाएको नेपालले शनिबार मलेसियालाई १९ रनले हराएको हो ।

नेपालको जितका लागि बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले दुईदुई विकेट लिए । सागर पुन र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए । ६ ओभर बलिङ गरेका सन्दीप लामिछानेले एक मेडन राख्दै २० रन दिएर मलेसियाको २ विकेट झारेका हुन् । सागर पुन र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।

यस अधि नेपाल आरिफ शेख र दीपेन्द्र सिंह ऐरीको शतकीय साझेदारीसँगै नेपालले एसिया कप छनोटमा मलेसियासामू १८९ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

बर्षाका कारण निर्धारित समयमा खेल सुरु हुन नसकेपछि खेल ३० ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले दीपेन्द्र र आरिफले अर्धशतकीय पारीको मदतमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको हो।

आरिफले नटआउट ६४ रनको पारी खेले भने दीपेन्द्रले ५४ रन जोडेका थिए। ५१ बल खेलेका दीपेन्द्रले ६ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै अनिलकुमार साहले १६, कप्तान पारस खड्काले १३, उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन जोडेका थिए।

सुरुवाती दुर्इ खेलमा पराजय भोगेको नेपालका लागि एसिया कपमा छनोट हुने सम्भावना जीवित राख्न आज जित्नै पर्ने दबाब थियाे । पहिलो खेलमा नेपालले ओमानसँग ७ विकेटको फराकिलो अन्तरले पराजित भएको छ। दोस्रो खेलमा नेपाल यूएर्इसँग ७८ रनले पराजित भएको छ।

एशिया कपको छनौट खेल नेपालसहित आयोजक मलेसिया, युनाइटेड अरब इमिरेटस् ९युएइ०, हङकङ, सिंगापुर र ओमान रहेका छन्। शीर्ष स्थानमा रहने टोली एसिया कपमा छनोट हुनेछ।

शीर्ष स्थानमा रहने टोली एसिया कपको समूह ए मा पर्नेछ। उक्त समूहमा भारत र पाकिस्तान रहेका छन्। एशिया कप भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुनेछ।

नेपालले यसपछि सिंगापुरसँग भदौ १७ तथा हङकङसँग भदौ १९ गते खेल्नेछ। प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७