बंगलादेश विरुद्ध नेपालले दियो १८१ रनको लक्ष्य (लाइभ)


२५ कार्तिक २०७४, शनिबार
nepal 1

काठमाडौँ: मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेटमा नेपालले बंगलादेशसामु १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।nepal 1 1024x678

मलेसियाको किन्नारा स्टेडियममा बर्षाले प्रभावित खेलमा नेपालले बंगलादेशलाई १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको हो । ४१ दशमलब १ ओभरमा नेपालले ६ विकेटको क्षतिमा १ सय ६७ रन बनाउदाँ बर्षाका कारण नेपालको पारी अबरुद्ध भएको थियो । बर्षापछि खेल सुरु हुँदा डकवर्थ लुइस आधारमा नेपालको स्कोर १ सय ८० कायम गरियो । अहिले बंगलादेश १ सय ८१ रन पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।

नेपालका लागि भिम सार्कीले ४४, रोहित कुमार पौडेले ४०, आरिफ शेखले ३०, अनिल कुमार साहले १९ रन बनाउँदा कप्तान दिपेन्द्रसिह ऐरी १२ रनमा पलेबियन फर्किए । वर्षातका कारण ढिलो सुरु भएको खेल ४३ ओभरमा खेलाइएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७