यू-१९ एसिया कपः बंगलादेशसँग नेपाल २ विकेटले पराजित


२५ कार्तिक २०७४, शनिबार
nepal 1

काठमाडौँ: मलेसियामा जारी एसीसी एसिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको छ ।nepal 1 1024x678

शनिबार मलेसियााको किन्रारा स्टेडियममा भएको खेलको अन्तिम ओभरमा १० रनको खाँचो रहेको बंगलादेशालाई रोक्न नसक्दा नेपाल २ विकेटले खेल सुम्पन बाध्य भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाले ४०.१ ओभरमा ८ विकेट गुमाएर १६७ रन बनाउँदा पानी पर्‍यो ।

डीएल मेथडका आधारमा बंगलादेशले ४० ओभरमा १८१ रनको नयाँ लक्ष्य पायो, जसलाई अन्तिम बल खेल्नु अघि ८ विकेट गुमाएर भेट्टायो ।रोमाञ्चक खेलको अन्तिम ओभरसम्म पनि नेपालको जितको सम्भावना थियो । बंगलादेशलाई ६ बलमा ११ रन चाहिएको थियो । सिहलो बलमै कमल सिंहले विकेट लिँदै जितको आश जगाए । तर, दोस्रो बलमा चौका दिए ।

तेस्रो बलमा एक रन दिएका उनले चौथो बलमा अर्को चौका दिए र खेल नेपालको हातबाट फुत्कियो । अन्तिम बल अघि रुविउल हकले एक रन लिँदै बंगलादेशलाई २ विकेटको जित दिलाए ।
बंगलादेशका लागि सबैभन्दा धेरै रन नइम शेखले बनाए । उनी ५२ रनमा आउट भएका थिए ।नेपालका सन्दिप लामिछाने र कमल सिंहले समान २र२ विकट लिए भने अनिल सिंह, दिपेन्द्र सिंह ऐरी र किशोर महतोले एक एक विकेट हात पारे ।

यसअघि नेपालको सामान्य रहृयो । ७० रन जोड्दा ४ विकेट गुमाएको नेपालका लागि रोहित कुमार र भीम सार्कीले पाँचौ विकेटका लागि ७९ रनको साझेदारी गरे । रोहित ४० र भीम ४४ रनमा आउट भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७