कमजोर ब्याटिङसँगै नेपाल एसिया कप छनौटबाट बाहिरियो


१९ भाद्र २०७५, मंगलवार
cricket nepal

काठमाडौं , १८ भदौ । हङकङविरुद्ध कमजोर ब्याटिङसँगै नेपाल एसिया कप छनौट प्रतियोगिताबाट बाहिरिएको छ । आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको हो ।

नेपाल हारसँगै ५ खेलबाट ३ हार र एक जितका साथ ४ अंक प्राप्त गर्दे चौथो स्थानमा रहेका छन् ।

नेपालले दिएको ९६ रनको सामान्य चुनौतीको उसले ७ विकेटको क्षतिमा ३२.३ ओभरमा पुरा गरे । टस जितेर ब्याटिङ रोजको नेपालले खराब प्रदर्शन गर्दै ३७.५ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।


नेपालको कुनै पनि खेलाडि दोहोरो रन बनाउन सकेन । नेपालका लागि अनिल शाह १५ रन, कप्तान पारस खड्का १४ रन, उपकप्तान ज्ञानेन्द्र मल्ल १२ रन, दीपेन्द्र सिंह ऐरी २ रन, आरिफ शेख २० रन, बसन्त रेग्मी १५ रन र सन्दिप लामिछाने २ रनको योगदान गरे । अरू ब्याट्सम्यान ललित राजवंशी, सुभास खकुरेल र सोमपालले अंक जोड्न सकेनन् ।

हङकङका लागि एहसान खानले सर्वाधिक चार विकेट लिए । तनवीर अफसल र एजाज खानले समान २ विकेट लिए भने एहसनन नवाज र नदिम एहमदले १ विकेट लिए ।

हङकङलाई बिजय दिलाउने क्रममा कप्तान अन्सुमन रातले सर्वाधिक ५२ रनको योगदान गरे । भने किनचित शाहले ११, क्रिस्टोफर कार्टरले ८, बाबर हायातले २ तथा इसान खानले २ रन बनाएका थिए । यी पाँचै खेलाडीलाई नेपालका युवा बलर सन्दीप लामिछानेले आउट गरे ।

यस्तै नेपालका लािग सागर पुन र बसन्त रेग्मीले समान १ विकेट लिए । ९६ रनको झिनो लक्ष्य दिएर बलिङमा उत्रेको नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिन सफल भए। यसैगरी बसन्त रेग्मी र सागर पुन समान एक–एक विकेट लिन सफल भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७