निर्वाचन आयोगले सुरक्षा प्रमुखलाई छलफल गर्न बोलायो


२६ कार्तिक २०७४, आईतवार
nirbachan aayoga

काठमाडौं: निर्वाचन आयोगले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर आइतबार छलफल गर्दैछ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुलाई लक्षित गरी आक्रमणले सुरक्षा व्यवस्थामै प्रश्न चिहृन उठाइरहेका बेला आयोगले सुरक्षा निकायका प्रमुखहरुलाई डाकेको हो ।nirbachan aayoga
शुक्रबार रुकुममा माओवादी नेता जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएको थियो । त्यसको भोलिपल्टै शनिबार दिउँसो रोल्पामा माओवादी नेता वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको थियो ।

निर्वाचन आयोगका आयोगका प्रवक्ता नवराज ढकालले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर आयोगले आइतबार दिउँसो १ बजे छलफल गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७