प्रश्नपत्र आउट गर्ने प्राध्यपक भट्टराईले दिए राजीनामा


२१ भाद्र २०७५, बिहीबार
homenath

काठमाडौं, २१ भदौ । प्रश्नपत्र आउट गर्ने महेन्द्र रत्न क्याम्पस ताहाचलका प्राध्यापक होमनाथ भट्टराईले विभागीय प्रमुखबाट राजीनामा दिएका छन् ।

गत १७ गतेदेखि सञ्चालित त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायको स्नातक तह पहिलो सेमेस्टरको साइकोलोजी र शिक्षाको आधार विषयको प्रश्नपत्र आउट गरेका भट्टराईले बुधबार राजीनामा दिएका हुन् ।

उनले आफूले गल्ती गरेको स्वीकारर्दे शिक्षाको आधार विषयको विभागीय प्रमुखबाट राजीनामा दिएका हुन ।

उनले अघि आफनो पेनड्राइभबाट बिएड, एमएडलगायत सबैका कोर्सहरुको नोट विद्यार्थीलाई दिँदा बाहिरिएको बताएका थिए । भने बाहिरिएको थाहा पाएपछि परीक्षामा गएर जानकारी गराएको बताएका छन् ।

उनले भनेका थिए,‘मेरो पेनड्राइभमा धेरै फाइल थिए । त्यसमा बिएड, एमएडलगायत सबैका कोर्स त्यही पेनड्राइभमा थिए, कोर्स दिँदा प्रश्नपत्र पनि गएछ । म जिम्मेवार भएकाले मैले जिम्मेवारी लिनुपर्याे ।’

यो पनि पढ्नुहोस्
प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित
यी प्राध्यपकद्वारा लिखित पुस्तकसँग प्रश्न पत्र हुबहु

त्रिवि अध्यापककै प्रश्नपत्र किनबेच


यसैबीच त्रिवि शिक्षाशास्त्र संकायको डिन कार्यालयले प्रश्नपत्र आउट भएको विषयमा छानबिन गर्न गणेश सिंह ठकुरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

त्रिभुवन विश्वविद्यालय एमएड फस्र्ट सेमेस्टका विद्यार्थी मंगलबार बिहान ११ बजे हुने भनिएको साइकोलोजी विषयको परीक्षाका लागि अन्तिम तयारी गरेर परीक्षा केन्द्रतर्फ जाँदै थिए ।

प्राध्यपक भट्टराईका कारण गत आइतबार भएको फाउन्डेसन अफ एजुकेसनको परीक्षामा पनि प्रा. भट्टराईकै गम्भीर दोष देखिएको थियो । फाउन्डेसन अफ एजुकेसनको परीक्षामा पनि त्यही प्रश्नपत्र आयो, जुन प्राध्यापक होमनाथ भट्टराईले आफ्नो किताबमा नमुना प्रश्नपत्र भनेर छापेका थिए ।

प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित
प्रश्नपत्र बाहिरिएको सार्वजनिक भएपछि शिक्षा शास्त्र संकाय स्नातकोत्तर तह पहिलो सेमेष्टर अन्तर्गत मंगलबार हुने मनोविज्ञान विषयको परीक्षा स्थगित भयो ।

परीक्षा सुरु हुनु अगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरेको डिन कार्यलयले सुचना जारी गरेको थियो ।

डिन कार्यलयले प्रश्नपत्र परिक्षा हुन अगावै बाहिरिएको जानकारी पाएको स्थगीत गरेको बताएको थियो । उनका अनुसार शिक्षा शास्त्र संकायका डिन प्रा.डा. कृष्णप्रसाद गौतमका अनुसार देशभरका ३० वटा परीक्षा केन्द्रको परीक्षा स्थगित गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७