एसीसी यू १९ क्रिकेटः भारतविरुद्ध नेपालको ऐतिहासिक जित


प्रकाशित मिति : November 12, 2017

काठमाडौँ: कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनको मद्दतमा नेपालद्वारा एसीसी यु–१९ क्रिकेटमा भारतमाथि ऐतिहासिक जीत हासिल गरेको छ । मलेसियामा जारि यु-१९ युथ एसिया कप प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा नेपालले पहिले ब्याटिंग गर्दै दिएको १८५ रनको लक्ष पछ्याउने क्रममा भारतले दोश्रो इनिंगमा मात्र १६६ रन बनाएपछि नेपालले खेल १९ रनले जितेको हो । 

नेपालले कुनै पनि स्तरको क्रिकेटमा भारतलाई पराजित गरेको यो पहिलो पटक हो। भारतीय टिम पुर्व स्टार भारतीय क्रिकेटर राहुल द्रविडको प्रशिक्षणमा रहेको छ। नेपाली यु-१९ टिमले यो भन्दा अघि बंगलादेश, पाकिस्तान, दक्षिण अफ्रीका जस्ता टेस्ट रास्ट्रहरुलाई पराजित गरेको इतिहास छ।
दोश्रो इनिंगमा लक्ष्य पछ्याउने क्रममा नेपाली  कप्तान ऐरीले सर्वाधिक ५ विकेट हात पारेका थिए। यस्तै पवन सर्राफले कसिलो बलिंग गर्दै १० ओभरमा २४ रन खर्चेर २ विकेट हात पारे ।४८.१ ओभरमा अन्तिम विकेट दिलाएका शाहब आलमले २ विकेट लिने क्रममा ४.१ ओभरमा ११ रन खर्चिएका थिए । सन्दिप लामिछानेले १० ओभरमा ३० रन खर्चेर १ विकेट तथा र कमल सिंह ऐरीले पनि १-१ विकेट आफ्नो नाम गरेका थिए।
भारतीय लागि ओपनर  हिमांशु रानाले ४६ तथा अर्का ओपनर मन्जोत कालराले ३५ रन बनाउदै राम्रो सुरुवात दिलाएका थिए। तर हमंशुलाई कमल सिंह ऐरीले पेभेलियन फर्काएपछि भारतको विकेट पतन सुरु भएको थियो।
नेपालको लागि कप्तान दिपेन्द्र ऐरीले उत्कृस्ट इनिंग खेल्ने क्रममा ८८ रनको योगदान दिए । उनले १०१ बलमा ६ चौका र २ छक्का प्रहार गरे । टेस्ट राष्ट्र बिरुद्ध दिपेन्द्रको यो मात्रै उत्कृष्ट प्रदर्शन भने हैन । अन्तिम पटक श्रीलंकामा सम्पन्न यु-१९ एसिया कपमा ऐरीले ९० रनको इनिंग खेलेपनि जितबाट नेपाल मात्र १ रनले चुकेको थियो।
बायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले खराब सुरुवात गर्यो । आसिफ शेख ३, अनिल साह ६ रन बनाएर आउट भएपछि नेपालले पहिलो २ विकेट २८ रनको स्कोरमा गुमाएको थियो । त्यसपछि ब्याटिंग गर्न आएका ऐरीले ओपनर जितेन्द्र सिंह ठकुरीसंग तेश्रो विकेटको लागि ४९ रनको साझेदारी गर्दै नेपालको इनिंग अघि बढाएका थिए ।
जितेन्द्रले ३६ रन बनाएर २८ औं ओभरमा आउट भए जसले ९५ बलमा ३ चौका प्रहार गरेका थिए । त्यसपछि दिपेन्द्र ऐरीले एउटा किनार सम्हाले। रोहित पौडेल ६ , भिम शार्की १५ तथा पवन सर्राफ १ रन बनाएर आउट भएका थिए। शतकबाट १२ रनले चुक्दै इनिंगको ४९ औं ओभरमा आउट भएका ऐरीलाई मन्दिप सिंहले पेभेलियन पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्