सामुदायिक विद्यालय कर्मचारीद्वारा आन्दोलन घोषणा, यस्ता छन् माग


२२ भाद्र २०७५, शुक्रबार
Public school

काठमाडौं, २२ भदौ । विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले पेशागत अधिकार, सेवा सुविधा र सुरक्षाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

government school

विद्यालय कर्मचारी संगठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियन मिली बनेको समितिले प्रेस विज्ञप्ति जारी गरी सरकारले आफ्ना माग बेवास्ता गरी सुनुवाइ नगरेको जनाउँदै विद्यालय कर्मचारीको श्रम शोषणविरुद्ध र पेशा रोजगारीको हक, मानवअधिकार एवं सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि सडक आन्दोलन गर्नैपर्ने बाध्यता परेको जनाएको छ ।

विज्ञप्तिमा सर्वोच्च अदालतको सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको भविष्य अन्योल र अनिश्चित हुन नदिन तिनीहरुको सेवा, शर्त, सुविधा उल्लेख भएको सेवा कानून बनाई कार्यान्वयन गर्नु भन्ने २०६७ माघ २३ को फैसला र पूर्व आदेशको ६ महिनाभित्र पूर्ण कार्यान्वयन गर्नू भन्नेसमेतको २०७१ भदौ १२ को फैसला सरकारले कार्यान्वयन नगरेको आरोप लगाइएको छ ।

शिक्षा ऐन आठौँ संशोधनमा भएको कर्मचारीसम्बन्धी व्यवस्थासमेत कार्यान्वयन नगरी दरबन्दी, समायोजन, पदस्थापन, आन्तरिक प्रतियोगिता, तलबभत्ता, सञ्चयकोष, महँगी र पोशाक भत्ता, निवृत्तिभरण, उपदान, औषधोपचार, बीमा, बिदा, टे«ड युनियन अधिकारलगायत विषयमा लामो समयदेखि विद्यालय कर्मचारीलाई चरम श्रम शोषण र दमनमा पारिएको आरोप बिहीबार जारी विज्ञप्तिमा लगाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७