असुरक्षित नेपाली आकाश की हेलिकोप्टर ?


२४ भाद्र २०७५, आईतवार
Fistel air helicopter

काठमाडौं, २४ भदौ । सन् १९४८ मा बेलायती नागरिक एच वेल्डरले पहिलो पटक नेपाली आकाशमा जहाज उडाए । नेपाली आकाशमा दुर्घटना भने नेपालमा विमान सेवाको इतिहासभन्दा अगाडि ७ मे १९४६ वेलायती सेनाको डकोटा–३ सिमरामा दुर्घटना भयो ।

Fistel air helicopter



तर मानवीय क्षति हुने गरी नेपालमा पहिलो हवाई दुर्घटना सन् १९५५ मा भयो । कालिंङगा एयरको बिमान सिमरा एयरर्पोटमा दुर्घटना हुँदा २ जनाको ज्यान गयो । त्यसयता त्यसयता नेपाली आकाशमा ८५ विमान दुर्घटनामा परेको छ । एभिएसन सेफ्टी नेटवर्कको तथ्यांक अनुसार नेपालमा भएका विमान दुर्घटनामा ७५० जनाको मृत्यु भएको छ ।

नेपाली आकाशमा भएको सबैभन्दा ठूलो जहाज दुर्घटना सन् १९९२ मा काभ्रेको भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए)को जहाज दुर्घटना हो । त्यो दुर्घटनामा एक सय ५७ जनाले ज्यान गुमाएका थिए ।

यही कारण युरोपियन युनियन (ईयू)ले नेपालको हवाई सुरक्षा अवस्था सन्तोषजनक नभएको भन्दै सुरक्षा चासोको लिस्ट (कालोसूची)मा राखेको थियो । यसअघि विश्व नागरिक उड्डयन (आईकाओ)ले पनि देशको एक मात्र अन्तरााष्ट्रिय विमानस्थल (त्रिभुवन अन्तरााष्ट्रिय विमानस्थल)लाई कालोसूचीमा राखेको थियो ।

नेपालमा पछिल्लो ८ महिनाभित्र भएका हवाई दुर्घटनामा ५९ जनाले ज्यान गुमाए । सबैभन्दा ठूलो क्षति बंगालादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो । त्रिभुवन विमानस्थलभित्रै भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए ।

नेपालमा सबै ठाउँ ठुला विमान जाने अवस्था छैन । त्यसको विकल्पमा सुरु भयो, हेलिकोप्टर । तुलनात्मक रुपमा सुरक्षित मानिन्छ, हेलिकोप्टरलाई । तर, हेलिकोप्टर नै नेपालमा असुरक्षित हुन थालेको छ ।

हेलिकोप्टर पनि उस्तै
नेपालमा हाल १० वटा हेलिकोप्टर कम्पनीहरु छन् । १० वटा हेलिकोप्टर कम्पनीको २६ हेलिकोप्टर नेपाली आकाशमा उठ्छ ।

नेपालमा पहिलो पटक हेलिकोप्टर दुर्घटना सन् १९७९ मा भयो । लाङटाङमा भीआइपी हेलिकोप्टर दुर्घटना हुदा ६ जनाले ज्यान गयो । सन् १९७९ देखि २०१८ सम्म आइपुग्दा नेपाली आकाशमा ३२ वटा हेलिकोप्टर दुर्घटना(नेपाली सेनाको बाहेक) भएका छन् । शनिबार (२३ भदौ २०७५) भएको अल्टिच्युड एयरको दुर्घटनासहित हेलकोप्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
नेपाली आकाशमा सबैभन्दा ठूलो हेलिकोप्टर दुर्घटना सन् २००६ को सेप्टेम्बर मा भएको थियो । श्री एयरको एमआइ–१७ हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राई, भुगोलविद् डा. हर्क गुरुङ २४ जनाको ज्यान गएको थियो ।

यसबाहेक सिम्रिकका तीन, माउन्टेन हेलिकोप्टरको एक, मनाङ एयरको एक, एयर डाइनेस्टीका दुई, कर्णाली एयरका चार, श्री एयरलाइन्सका दुई, हेली हान्साको एक, एयसियन एयरलाइन्सका दुई, एयर अनन्यको एक, हिमालय हेलिकोप्टरको एक, भीभीआईपीका दुई र गोरखा एयरको एक गरी ३१ वटा हेलिकोप्टर दुर्घटना भएको छ ।

फिस्टेल एयर सबैभन्दा अुसरक्षित ?

helicopter crash
२०१६ भएको दुघर्टना । गोरखाबाट ५ दिनकी सुत्केरी बिरामी लिएर उपचारका लागि काठमाडौँ उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन हेलिकप्टर दुर्घटनाग्रस्त हुदा ७ जनाको ज्यान गएको थियो ।


नेपालमा हाल १० वटा हेलिकोप्टर कम्पनीहरु छन् । १० वटा हेलिकोप्टर कम्पनीको २६ हेलिकोप्टर नेपाली आकाशमा उठ्छ । हालसम्म नेपाली आकाशमा ३२ वटा दुर्घटना भएका छन् । ती मध्ये सबैभन्दा बढी फिस्टेल एयरका आठ हेलिकोप्टर दुर्घटनामा परेको छ । फिस्टेलेका हेलिकोप्टर दुर्घटनामा अहिलेसम्म १५ जनाले ज्यान गुमाएका छन् ।

बिकासजंग राना अध्यक्ष र सुमनजंग पाण्डे सिइओ रहेको फिस्टेल एयरको हेलिकोप्टर पहिलो पटक दुर्घटना २००१ मा रारा लेकमा भएको थियो । दुर्घटनामा ४ जनाको ज्यान गएको थियो । यसपछि २००८ मा फिस्टेल एयरको एयस–३५० अन्नपुर्ण बेस क्याम्पमा दुर्घटना भयो ।

यसैगरी २०१० मा एयस ३३५ अमडाब्लाममा, २०११ मा एयस ३५० बि सोलुखुम्बुमा , २०१३ मा एयस ३५० बि सिमीकोटमा, २०१४मा एयस ३५० बि ३ सिन्धुपाल्चोक १ मा दुर्घटना भयो । यसैगरी २०१६ मा एयस ३५० बि३ लामटाङमा दुर्घटना भयो ।

हाल फिस्टेलसँग फ्रान्सेली निर्माता युरोकप्टरले निर्माण गरेको ‘एस ३५० बी २’ र बेलकै ‘२०६ बी जेट रेन्जर’ हेलिकप्टर रहेका छन् । फिस्टेलले दुई वर्ष अघि क्यानाडियन कम्पनी बेल टेक्स्ट्रोनले उत्पादन गरेको ‘बेल ५०५ जेट रेन्जर एक्स’का दुईवटा हेलिकप्टर खरिद गरेको छ ।

फिस्टेलले दुई वर्ष अघि हेलिकप्टर खरिद गर्दा फिस्टेलले क्यानाडियन कम्पनी बेल टेक्स्ट्रोनले उत्पादन गरेको नयाँ हेलिकोप्टर ल्याएको बताएको थियो । तर, हेलिकोप्टर कम्पनीहरुले नयाँ हेलिकोप्टर ल्याएको बताए पनि प्रयोग भइसकेको हेलिकोप्टर ल्याइने गरेको चर्चा बेला–बेला हुने गरेको छ ।

आकाश की हेलिकोप्टर ?
सन् १९५५ को दशकयता जहाज दुर्घटनापछि प्रत्येक पटक छानबिन आयोग बने । छानबिनपछि बन्ने प्रतिवेदनमा प्रायतः जहाजको प्राविधिक अवस्था चुस्त राख्नुका साथै जोखिमबाट जोगाउन सूचना दिने प्रविधि जडान गर्न सुझाव दिइने गरिएको छ । विमान दुर्घटनाको छानविन बहुत चासोका साथ हुने गरेको छ । तर, हेलिकोप्टर दुर्घटनाको छानविनले भने कम महत्व पाएको छ ।

दुर्घटनापछि नेपाली आकाशलाई असुरक्षित भन्ने चलन छ । तर, हरेक छानविनले भने हेलिकोप्टर वा जहाजको प्राविधिक पाटोलाई देखाइन्छ ।

हेलिकोप्टर कम्पनीहरुले नयाँ हेलिकोप्टर ल्याएको बताए पनि प्रयोग भइसकेको हेलिकोप्टर ल्याइने गरेको चर्चा बेला बेला हुने गरेको छ । विदेशमा प्रयोग भइसकेको कवाडी हेलिकोप्टर नेपालमा ल्याएर नेपाली आकाशलाई असुरक्षित भनिनु गलत भएको विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७