ललितपुरको पत्रकार सेवाकालीन तालिम उत्साहजनक सहभागितामा सम्पन्न


२७ कार्तिक २०७४, सोमबार
Fnj Lalitpurसूचना विभाग

ललितपुर : नेपाल पत्रकार महासघं ललितपुर शाखामा आबद्ध पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको पत्रकार सेवाकालीन तालिम उत्साह जनक सहभागितामा सम्पन्न भएको छ । शाखाको संयोजनमा सूचना विभागले आयोजना गरेको तीन दिने तालिम  आइतबार सम्पन्न भएको हो ।

Fnj Lalitpurसूचना विभाग
तस्बिर : सुचना विभाग ।

३२ जना पत्रकारको लागि मात्र भनेर आयोजना गरिएको तालिममा ५३ जना पत्रकारहरुले तालिम लिएका थिए । तालिममा शाखामा आबद्ध नरहेका पत्रकारलार्इ पनि तालिम लिने अवसर दिइएको थियो । तालिमपछि सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
वरिष्ठ पत्रकार डा. सुरेश आचार्यले प्रमुख प्रशिक्षकको रूपमा तालिम दिएका थिए । यसै गरी वरिष्ठ पत्रकार तथा नागरिक पब्लिकेशनका सम्पादक गुणराज लुईटेल, वरिष्ठ पत्रकार तथा गोरखा पत्र दैनिकका पूर्व सम्पादक पुष्कर माथेमा, पत्रकार महासघं पूर्व अध्यक्ष शिव गाउँलेले प्रशिक्षण दिएका थिए ।
तालिममा समाचार लेखन शैली, पत्रकारिता इतिहास, वैचारिक धार, मिडियाको प्रभाव, समाचार सम्पादन, पत्रकारहरुको आचार संहिता लगायतका विषयमा प्रशिक्षण दिएका थिए । ।
समापन कार्यक्रममा सूचना विभागको महानिर्देशक वीर बहादुर राईले शाखाको संयोजनमा तथा विभागका कर्मचारीहरूको सक्रियतामा उत्साह जनक उपस्थितिमा तालिम सम्पन्न भएको बताउँदै उपलब्धि पूर्ण रहोस् भन्ने शुभकामना दिए ।
‘तालिमबाट तपाईँहरूको व्यक्तित्व विकास, समाज र राज्यलाई फाइदा पुगोस् त्यसपछि तालिमको सफलताको महसुस गर्नेछौँ ।’ उनले भने, ‘अहिले बिट पत्रकारिता सुरु भए पनि पत्रकारहरुले सबै कुरा जानुपर्ने हुन्छ, विभागले विगतमा भन्दा पत्रकारका लागि धेरै व्यवस्था गरिहेका छौँ ।’
यस्तै प्रमुख प्रशिक्षक आर्चायले कार्यक्रममा सहभागी पत्रकारलाई समाजप्रतिको दायित्व पुरा गर्न सक्ने बन्न जोड दिए ।  तालिममा सहभागी भएको पत्रकारले तालिमपछि पत्रकारिता लामो समयदेखि गर्दे आए पनि धेरै कुरा सिक्न बाकीँ रहेको महसुस गर्दे सिकेको कुरा अब व्यवहारमा लागु गर्ने बताए ।

निर्वाचन सम्बधि तालिम
पत्रकार सेवालिन कार्यक्रमको समापन पश्चात् शाखाले जिल्ला निर्वाचन कार्यलयसँगको संयोजनमा निर्वाचन विषयक प्रशिक्षण कार्यक्रम पनि सम्पन गरेको छ ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पत्रकारको भूमिका के रहने तथा मतदातालाई कसरी सूचित गर्ने विषयमा प्रशिक्षण दिएका थिए । जिल्ला निर्वाचन प्रमुख सिता सम्बाको उपस्थितिमा भएको कार्यक्रममा शाखाको पूर्व अध्यक्ष प्रभु नारायण वस्नेत तथा वर्तमान अध्यक्ष ज्ञान प्रसाद पौडेले प्रशिक्षण दिए ।Fnj lalitpur and electiion service office lalitpur

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७