नयाँ पुस्ताको परिमार्जित महिन्द्रा पिक–अप नेपाली बजारमा


२५ भाद्र २०७५, सोमबार
mahindra pick up

काठमाण्डौ,२४ भदौ। महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले नयाँ पुस्ताको महिन्द्रा पिक–अपको स्तरोन्नति गरिएको संस्करण बजारमा ल्याएको छ ।

mahindra pick up

यो स्कर्पियोका निर्माताको तर्फबाट एक विशिष्ट अफर पनि हो । नवीन तथा आकर्षक आवरण, ६ गतिहरूको प्रसारण, १०३ किलोवाट सहितको शक्तिशाली टर्बोडिजल शक्ति र २५०० केजी भारवहन क्षमतायुक्त महिन्द्रा पिक–अपले प्रतिस्पर्धीहरूको ध्यान आकर्षित गर्ने कम्पनीको विश्वास छ ।

शक्तिशाली, आरामदायी र उच्चप्रविधियुक्त महिन्द्रा पिक–अप वास्तवमा एक पूर्ण वाहन हो । महिन्द्राले वर्षौँदेखि स्कर्पियो ब्राण्डमार्फत् डबल क्याब बजारको नेतृत्व गरिरहेको छ । नयाँ स्कर्पियो पिक–अप महिन्द्राको यही बजारप्रतिको प्रतिबद्धताको प्रमाण हो ।

टर्बोडिजल इंजिन ६ प्रकारका गतिदिने मानवचालित गियरबक्ससँग जोडिएको छ जसले गाडीको पछाडिका चक्काहरूलाई समेत संचालन गर्छ । पिक–अप ४ह्४ प्रसारण श्रृंखलामा पनि उपलब्ध हुनेछ । यसरी महिन्द्राले उपभोक्ताहरूलाई जस्तोसुकै भू–बनोटमा पनि सवारी चलाउन सहज बनाउनेछ ।

एस१० डबल क्याब आफ्नो समूहको नेतृत्वदायी वाहन हो । रिमोट सेन्ट्रल लकिङ, क्रुज कन्ट्रोल, नेभिगेशन, अटो क्लाइमेट कन्ट्रोल र मल्टी फङ्सन स्टेरिङ् ह्विल यसका केही अत्याधुनिक विशेषताहरू हुन् ।

एबीएस, ईबीडी, डूअल एयसब्याग, कोल्याप्सिवल स्टिङङ्ग कोलम आदि यस वाहनका केही मुख्य विशेषताहरू हुन् जसले यस पिक–अपमार्फत् सुरक्षा र सुविधाप्रतिको प्रतिबद्धतालाई सुदृढ बनाएका छन् ।

स्याटिक वेन्डिङ्ग करनरिङ्ग ल्याम्प टेक्नोलोजिल रातको समयमा गाडी चलाउँदा पनि सहज अनुभव हुन्छ । महिन्द्रा पिक–अपले उपभोक्ताहरूमाझ आकर्षक मूल्यमा अत्याधुनिक प्रविधि प्रस्तुत गरेको जनाएको छ ।

आरामदायी र मनै लोभ्याउने आवरणले महिन्द्राको अत्याधुनिक पिक–अपलाई अझ आकर्षक बनाएको छ । खासगरी अग्रभागको स्टाइलिङमा जोड दिइएको छ । यो पिक–अप एसयूभीको जस्तो अनुभूति दिनेछ । महिन्द्राका अन्य वाहनहरूजस्तै यो पिक–अप पनि बलियो र भरपर्दो छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७