नेपाली कलाकार ‘लाउरे’ र ‘बिपुल’ को डिप्लो र मो सँग सहकार्य, ‘टुर्बोग ओपन’ को भिडियो सार्वजनिक


२५ भाद्र २०७५, सोमबार
नेपाली कलाकार ‘लाउरे’ र ‘बिपुल’ को डिप्लो र मो सँग सहकार्य ‘टुर्बोग ओपन’ को भिडियो सार्वजनिक

काठमाडौं,भदौं २५ । कलाकारहरु र्‍यापर लाहुरे र गायक बिपुल क्षेत्रीको विश्वव्यापी कलाकारहरु ‘डिप्लो’ र ‘मो’ सँग सहकार्य गराई टुबोर्गले टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

अमेरिकी निर्माता तथा डिजे, ‘डिप्लो’ जो अघिल्लो वर्षको अभियानमा सहभागी थिए, डेनमार्कका लोकप्रिय कलाकार, ‘मो’ सँग फेरि आएका छन् ।

उनीहरुको सहकार्यमा ‘स्टे ओपन’ नामक ट्रयाक रचना भएकोछ भने स्थानिय नेपाली संस्करणको लागि लाउरे र बिपुलले उनीहरुको लागि ‘ओपन टु मोर’ हुनुको औचित्यलाई वर्णन गर्दै उक्त गीतमा शब्दहरु पूनःलेखन गरेका छन् । केही महिना सम्म स्टुडियोमा एक अर्काको विचार र धारणाहरु साटासाट गरेपछि, टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक भएको छ ।

टुबोर्गले हाम्रो आफ्नै नेपाली कलाकारहरु लाउरे र बिपुललाई विश्वव्यापी कलाकारहरु डिप्लो र मो सँग सहकार्य गराई एक प्रकारको कोल्याबोरेटिभ गीत र भिडियो निकाल्न सहयोग गरेको छ । यस ‘स्टे ओपन’ ट्रयाक र भिडियोले एउटा विश्वव्यापी टुबोर्ग ओपन प्ल्याट्फर्मसँग विश्वव्यापी र स्थानिय कलाकारहरुलाई मिलाई उनीहरुको विचार र धारणाहरु झल्काउँछ ।

यस सहकार्यले संगीतको कुनै सीमा हुँदैन र संगीतले सीमा भन्दा बाहिर रहेको सिर्जनात्मक विचारहरुलाई ल्याई सोच्न सहयोग पुर्‍याँउछ भन्ने कुरा प्रमाणित गर्दछ । ‘स्टे ओपन’ गीत हामीहरु नयाँ अनुभवहरुको लागि खुला रहनुपर्छ भन्ने विषयमा रहेको छ ।

यस परियोजना मार्चमा सुरु भएको थियो । बिपुल र लाउरे कोपेनहेगन गई डेनिस कलाकार ‘मो’ सँग भेटि उनीहरुको संगीत बनाउने खुला सोच एक–अर्कासँग बाँडि ‘स्टे ओपन’ गीतको नेपाली संस्करण तयार पारेका थिए ।

यस वर्षको अभियान बारे बोल्दै, डिप्लोले भने, “टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागि हुँदा निकै उत्साहित छु । यस वर्ष टुबोर्ग हामीमाँझ ‘ओपन टु मोर’ हुने विचारको साथ आएको छ र ‘मो’ र म ‘स्टे ओपन’ ट्रयाकमा काम गरिरहेका थियांै, यस ट्र«याक मानिसहरुमा नयाँ व्यक्ति र नयाँ अनुभवहरुका लागि खुल्ला सोच हुनुपर्ने आवश्यकताको बारेमा रहेको छ ।”

“यस ट्र«याक यस अभियानलाई सुहाँउदो छ र विश्वभरका कलाकारहरु यस विचारलाई आफ्नो तरिकाबाट बदल्न र आफ्नै धारणाबाट खुल्ला सोच हुनुपर्ने विचार लिएर आईरहनु भएको छ जुन, यस योजनाको सबै भन्दा उत्कृष्ट पक्ष हो ।”

डेनिस गायक तथा गीतकार, ‘मो’ विश्वव्यापी सहकार्य प्रक्रियाका लागि उत्साहित छन् ः “मेरो लागि तयार भएको ट्र«याक पाउनलाई गरिने यात्रा नै उत्कृष्ट रहेको छ, नयाँ चल्तीहरुको बारेमा खुल्ला रुपले सोंच्दा, हामीले कहिल्यै नमिल्ने भनेर सोंचेका कुराहरु, कहिले–काही राम्रो सँग मिल्न जान्छ, सुरुमा आफुसँग भएको ट्र«याक पूर्ण रुपले फरक हुनेहुँदा निकै उत्साहित छु ।”

आफ्नो उत्सुक्ता व्यक्त गर्दै लाउरेले भने, “टुवोर्गले सधैं नेपालमा सांगीतिक कार्यक्रमहरु गरिरहेको छ र मैले उहाँहरुसँग केही स्थानिय कार्यक्रमहरुमा काम गरेको छु । यस पटक टुबोर्ग ओपन ले विश्वभरको सांगीतकारहरुलाई एउटा ओपन अन्तर्राष्ट्रिय मञ्चमा ल्याएको छ । टुबोर्ग ओपन मा डिप्लो, मो र बिपुल सँग काम गर्न पाउँदा भाग्यशाली र उत्साहित भएको महसुस गरिरहेको छु । यस अभियानबाट, बिपुल र म ओपन फर मोर का लागि टुबोर्ग इन्टरनेशनल सँग केही नयाँ रचना गर्दैछौं ।”

बिपुलले थपे, “टुबोर्ग नेपाल संगीत र सांगीतिक अभियानको सधैं समर्थक रहेको छ । डिप्लो, मो र लाउरे सँगको शानदार सहकार्यमा सहभागि हुन पाउदा उत्साहित छु । मेरो लागि संगीत भनेको खुल्ला सोच बनाउनु हो, जुन बिना हामी कला सिर्जना गर्न सक्दैंनौ । मेरो लागि, टुबोर्ग ओपन कोलाब्रेशन् , सिर्जनात्मक कलालाई संगीतको माध्यमबाट बढाउनु हो । संगीत भनेकै नयाँ कुराहरु सिक्नु र नयाँ विचारहरु खोज्नु हो । संगीतको माध्यमबाटै हामीले डिप्लो र मो जस्ता कलाकारहरुसँग काम गर्न पायौ र टुबोर्ग ओपन मा सहभागी हुन पाउँदा मलाई सम्मानित भएको महसुस भएको छ ।”

गोर्खा ब्रुअरी प्रालि का मार्केटिङ डाईरेक्टर, बैभब शर्माका अनुसार, “हामी टुबोर्ग अन्तर्राष्ट्रिय ‘डिप्लोे’ र ‘मो’ लाई यहाँका स्थानिय कलाकार ‘लाहुरे’ र ‘बिपुल क्षेत्रीे’सँग सहकार्यको लागि घोषणा गर्न पाउँदा उत्साहित भएकाछौं । यो हाम्रो कलाकारहरुको लागी ठूलो अवसर हो र टुबोर्ग नेपालको लागी यो सहकार्य निकै अविस्मरणिय रहेको छ ।”

उक्त विश्वव्यापी ट्रयाक ११ मे २०१८ मा प्रदर्शनी भएको थियो भने यसको लगतै जुनबाट लिरिक्स भिडियो पनि प्रदर्शनी भएको थियो । अभियान अन्–प्याड र डिजिटल का साथ चल्नेछ र वर्षको पछि डिप्लो र मो तथा स्थानिय कलाकारहरुको साथ लाईभ सांगीतिक कार्यक्रम गरि अभियान समापन गरिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७