पाँच खर्बको अटो कारोवार


२५ भाद्र २०७५, सोमबार
auto

काठमाडौं, २५ भदौ । मुलुकमा विभिन्न प्रकारका सवारीसाधन (अटो मोबाइल्स) करीब पाँच खर्ब बराबरको कारोवार हुने गरेको छ ।

auto

नेपाल अटो मोबाइल्स डिलर्स संघले मंगलबारदेखि शुरु हुन लागेको यस वर्षको ‘नाडा अटो शो’ का बारेमा जानकारी दिन आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रत्येक वर्ष नयाँ ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे, ठूला सवारीसाधनको कारोवारमा वृद्धि हुँदै गएको जनाएको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनी गरिने भएको छ ।

उक्त कार्यक्रममा संघका कावा अध्यक्ष कृष्णप्रसाद दुलालले यस क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा वार्षिक करीब २५ प्रतिशत योगदान गर्दै आएको जानकारी दिए । उनले हरेक वर्ष हुँदै आएको अटोमोबाइल्सको प्रदर्शनीमा विभिन्न कम्पनीका ७१ बिक्री कक्ष रहने बताए ।

संघका महासचिव सुनील रिजालले देशमा पूर्वाधारको विकास र उपभोक्ताको आम्दानी वृद्धि हुनसकेमा स्वदेशमा नै अटोमोबाइल्स क्षेत्रको उत्पादनका काम शुरु गर्न सकिने विश्वास व्यक्त गरे ।

यस पटक करीब ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीमा देशका विभिन्न स्थानबाट नयाँ मोडलका गाडी आइसकेका छन् । विदेशी गाडीको बिक्रीका लागि स्वदेशमा रहेका सबै मुख्य ब्राण्डको सहभागिता रहनेछ ।

अन्तर्राष्ट्रिय तहका नाम चलेका ब्राण्ड हेर्नका लागि समेत व्यवस्था गरिएको छ । प्रदर्शनीलाई भव्य र व्यवस्थित तरिकाले सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७