पत्र लुकाउने डेपुटी गभर्नर


२५ भाद्र २०७५, सोमबार
shiba raj shrestha

काठमाडौं, २५ भदौ । बैंक तथा वित्तीय संस्थाहरुको नियमन गर्ने राष्ट्रबैक चरम गुटबन्दीबाट गुज्रिदैआएको छ । ३० बर्षेदेखि विभिन्न निर्णयका कारण राष्ट्रबैंकमा गुटउपगुटको अवस्था छ । डेपुटी गभर्नर शिवराज श्रेष्ठ राष्ट्रबैंकलाई असफल बनाउन उद्यत रहने गरेको समाचार छ ।

shiba raj shrestha

श्रेष्ठले गभर्नर बन्नका लागि भन्दै बैंक तथा वित्तीय संस्थाहरुसँग खुलेआम घुस माग्ने गरेको आरोप छ ।

बैंक तथा वित्तीय संस्थाहरुका कमजोरी केही न केही हुन्छन्, जुन कमजोरीमा टेकेर उनले पैसा माग्ने गरेका छन् ।

संसदको अर्थ समितिमा डेपुटी गभर्नर श्रेष्ठले बैंकहरुसँग पैसा माग्ने गरेको उजुरी नै परेको छ । उजुरीमा उल्लेख छ, बैंक तथा वित्तीय संस्था सुपरभिजन विभागहरु हेर्ने डेपुटी गभर्नर श्रेष्ठले जसले उनले भनेअनुसार सहयोग गर्छ, जसले उनको सिफारिसमा ठेक्का दिन्छ, त्यसलाई जति नराम्रो काम गरे पनि केही कारबाही नगर्न निर्देशन दिन्छन् भने उनले भनेअनुसार नगर्नेका विरुद्ध कारबाहीको फाइल तयार गर्न लगाउँछन् ।

उनको स्वार्थअनुसार काम नगर्ने कर्मचारीलाई सरुवा गर्ने दुःख दिने गर्दछन् । उनको विचित्रको स्वभाव देखेर राष्ट्रबैंककै कर्मचारी आजित हुने गरेका छन् ।

विगतमा पनि राम्रो छवि नभएका श्रेष्ठ माथिल्लो तहसँग ज्ञानी महात्मा जसरी प्रस्तुत हुन्छन् भने तल्लो तहकासँग टेलिफिल्मको पात्र हरिबहादुर मदनबहादुरमा हरिबहादुरकै जस्तो प्रस्तुत हुने गरेका छन् ।
डेपुटी गभर्नर श्रेष्ठले हालसालै आफैंलाई लज्जित हुने काम गरेको उजुरीमा उल्लेख छ । उपनिर्देशक सुधा श्रेष्ठको नाममा स्पेनको  BBVa|Banco Blibao बैंकले राष्ट्रबैंकका २ जनालाई उसैले खर्च बेहोर्नेगरी इमेलबाट स्पेनमा आउन निम्ता गरेको थियो ।

सुधाले पत्र र इमेल देखाएपछि डेपुटी गभर्नर श्रेष्ठले उक्त पत्र लुकाउन निर्देशन दिएका थिए । र, डेपुटी गभर्नरसमेत आउने चाहना राखेकाले खर्चको कुरा नगरी अर्को पत्र पठाउन भन्न लगाए आजको साँघुमा समाचार छ ।

सुधाले श्रेष्ठले भनेअनुसार नै पत्र लुकाई इमेल गरिसकेपछि अर्को निम्ता आयो । त्यसमा डेपुटी गभर्नर श्रेष्ठ गए । र, स्पेनको बैंक र राष्ट्रबैंक दुवैतिरबाट खर्च लिए ।

उजुरीमा उल्लेख छ, श्रेष्ठले १० लाख रुपैयाँ स्पेनको भ्रमणमा भ्रष्टाचार गरेका छन् । उनले यसरी पत्र लुकाएर निम्ता मागी स्पेन गएर दुवैतिरबाट भ्रमणको खर्च लिएकाले उनीमाथि कारबाही गर्न उजुरी दिए पनि कतैबाट पनि हुन सकेन ।

उनी प्रधानमन्त्री र उनका वरिपरिका मानिसहरुसँग निकट सम्बन्ध देखाउँदै कसैले पनि कारबाही गर्न नसक्ने खुलेआम बताउने गर्दछन् । कांग्रेसको कोटामा डेपुटी गभर्नर भएका श्रेष्ठ अहिले नेकपाको कट्टर कार्यकर्ताजस्तो देखाएर राष्ट्रबैंकमा मनपरी गर्दैआएका छन् ।

अर्थसमितिमा दिएको उजुरी प्रधानमन्त्री कार्यालयमा समेत दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७